उपमेयरकी प्रत्यासी विश्वकर्मा माओवादी त्यागेर जसपामा प्रवेश
विश्वकर्मालाई जसपाका नेताहरुले अबिर माला लगाएर पार्टी भित्र्याएका हुन् । सो क्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी, निर्वाचन क्षेत्र नं. १ का प्रतिनीधि सभा सदस्य दिपक कार्की लगायतका नेताहरुले उनलाई पार्टी भित्र्याएका हुन् ।

२०८० साउन १५ सोमबार, राति ८:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी माओवादी (केन्द्र) बाट उपमेयरकी प्रत्यासी अम्बिका विश्वकर्मा आज जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी छन् ।
गत स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रबाट धनुषाधाम नगरपालिकाको उपमेयर प्रत्यासी उम्मेदवार रहेकी विश्वकर्मा सोमबार पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेकी हुन् ।
विश्वकर्मालाई जसपाका नेताहरुले अबिर माला लगाएर पार्टी भित्र्याएका हुन् । सो क्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी, निर्वाचन क्षेत्र नं. १ का प्रतिनीधि सभा सदस्य दिपक कार्की लगायतका नेताहरुले उनलाई पार्टी भित्र्याएका हुन् ।
माओवादीका नेता मातृका प्रसाद यादवको नेतृत्व कमजोर भएपछि पार्टी परित्याग गरी अर्को पार्टी रोजेको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…