मानव तस्करी रोक्न समाज चनाखो हुनुपर्छः मेयर यादव
माईती नेपाल धनुषाका कार्यक्रम सँयोजक पुरुषोत्तम यादवको अध्यक्षता तथा नगर प्रमुख विशेश्वर प्रसाद यादवको प्रमुख आतिथ्यमा एक औपचारिक मन्तव्यको सेसन राखेर मानव तस्करी विरुद्ध एकजुट हुन आग्रह गरेका थिए । माईती नेपाल धनुषाका सँयोजक यादवले नाटक मँचन गराएका थिए । नाटकको लागि सयौँ स्थानीयहरुले उपस्थिति जनाएका थिए ।

२०८० साउन १४ आइतबार, राति ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाका मेयर विशेश्वर प्रसाद यादवले मानव तस्करी रोक्नको लागि समाज चनाखो हुनुपर्ने बताएका छन् ।
आईतबार कमला नगरपालिका वडा नं. २ माचि झिटकैयाको लक्ष्मी मन्दिर प्राँगनमा आयोजना गरिएको मानव तस्करी विरुद्धको सडक नाटकपछि सम्बोधन गर्दै मेयर यादवले मानव तस्करीको सँजाल फैलिदै गएको भन्दै गाउँस्तरमा यसप्रति चनाखो हुन आग्रह गरे । उनले विभिन्न प्रलोभनमा पारी भारतमा लगेर छोरी बेचिदिने, छोरा बेचिदिने घटनालाई विस्तृतमा सम्झाए ।
विभिन्न सँघसँस्थाबाट छु भनी रकमको प्रलोभन पारेर अर्को देशमा लगि बेच्ने घटनाहरु बारम्बार भईरहेको भन्दै मेयर यादवले कुनै व्यक्तिमाथि शंका लागेमा तुरुन्त प्रहरीलाई खवर गर्न आग्रह गरे । उनले मानव तस्करीको घटनाहरु बढी गरिबी, अनपढ र रकमको प्रलोभनमा परी हुने गरेको चेताए ।

माईती नेपालको आयोजनामा गरिएको सडक नाटकको क्रममा प्रहरी चौकी माचि झिटकैयाले समुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत मानव तस्करीको सँजाललाई ब्रेक गर्न समुदायको सहयोगको अपेक्षा गरे । सो क्रममा कमला युवा सँजालका पदाधिकारीहरुले समेत नाटक मँचन गरेका थिए ।
कमला युवा सँजालका अध्यक्ष विमलेश यादव, सचिव चन्द्रदिप यादव, वडा नं. २ का वडा सदस्य जीतनारायण यादव लगायतका व्यक्तिहरुले समेत सम्बोधन गरेका थिए ।

माईती नेपाल धनुषाका कार्यक्रम सँयोजक पुरुषोत्तम यादवको अध्यक्षता तथा नगर प्रमुख विशेश्वर प्रसाद यादवको प्रमुख आतिथ्यमा एक औपचारिक मन्तव्यको सेसन राखेर मानव तस्करी विरुद्ध एकजुट हुन आग्रह गरेका थिए । माईती नेपाल धनुषाका सँयोजक यादवले नाटक मँचन गराएका थिए । नाटकको लागि सयौँ स्थानीयहरुले उपस्थिति जनाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…