शहिदनगरका मेयर यादवलाई उच्च अदालतमा बोलाहट
उच्च अदालत जनकपुरले शहिदनगर नगरपालिका वडा नं. २ बस्ने कारिचन यादवका छोरा पाण्डव यादवले दिएको रिटमा उच्च अदालत जनकपुरले मेयर यादवलाई प्रमाण सबुतसहित उपस्थित हुन पत्राचार गरेको हो ।

२०८० साउन ७ आइतबार, बेलुकी ६:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवलाई उच्च अदालत जनकपुरले बोलाएको छ ।
शहिदनगर नगरपालिका वडा नं. २ चोराकोयलपुरस्थित एक स्थानीयको नीजि जग्गामा सडक बनाएपछि दिएको मुद्दामा मेयर यादवलाई अदालतमा बोलाएको हो ।
उच्च अदालत जनकपुरले शहिदनगर नगरपालिका वडा नं. २ बस्ने कारिचन यादवका छोरा पाण्डव यादवले दिएको रिटमा उच्च अदालत जनकपुरले मेयर यादवलाई प्रमाण सबुतसहित उपस्थित हुन पत्राचार गरेको हो ।
रिटमा अदालतको आदेशको अवहेलना गरेको भन्दै मेयर यादवलाई प्रमाण सबुतसहित उपस्थित हुन आदेश दिएको हो । यादवलाई उच्च अदालतको अवहेलना मुद्दा लगाईएको हो ।
मेयर यादवले राजनीतिक प्रतिशोध साध्नको लागि पाण्डव तर्फ सडकको बहाना घर भत्काएको आरोप लगाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…