जनकपुरमा नक्कली पेस्तोल देखाएर स्थानीय डराउने दुई युवक पक्राउ
जिप्रका धनुषाबाट विशेष टोली खटि गई मानिसहरूलाई देखाई रहेको पेस्तोल सहित अन्दाजी १६ बर्षको २ जना लाई नियनत्रणमा लिई अनुसन्धान थालिएको जनाइएको छ । उनीहरुको साथबाट सक्कली देखिने पेस्तोल नक्कली रहेको बताईएको छ ।

२०८० साउन १ सोमबार, बेलुकी ७:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित नक्कली पेस्तोल देखाएर स्थानीय डराउने दुई युवकलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले स्थानीयहरुको सूचनाको आधारमा दुई युवकलाई पक्राउ गरिएको हो । नक्कली पेस्तोल देखाई स्थानीय मानिसहरूलाई डर त्रास फैलाउने २ जना मानिस पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सोमबार (आज) दिउँसो २ बजेको समयमा महाविर चोक स्थितमा मोटरसाईकलमा सवार २ जना व्यक्तिले हातबाट पेस्तोल देखाई स्थानीय मानिसहरुलाई डर त्रास फैलाउँदै हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरीले एक्सन लिएको थियो ।
जिप्रका धनुषाबाट विशेष टोली खटि गई मानिसहरूलाई देखाई रहेको पेस्तोल सहित अन्दाजी १६ बर्षको २ जना लाई नियनत्रणमा लिई अनुसन्धान थालिएको जनाइएको छ । उनीहरुको साथबाट सक्कली देखिने पेस्तोल नक्कली रहेको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…