छोरीलाई हसुवा खुर्पी हैन, विद्यालय पठाऔँ
विनय कुमार यादव | जनकपुरधाम, ९ जेठ । धनुषाको सबैला नगरपालिका वडा नं. ७ मा स्थापित समुदायिक विद्यालय रा.प्रा.वि मटहीका प्रधानाध्यापक योगेन्द्र साहले छोरीलाई हातमा हसुवा खुर्पी नदिई विद्यालय पठाउन आग्रह गरेका छन् । समुदायिक विद्यालय नियमित सरसफाईको क्रममा बुधबार विद्यालयमा गरिएको सरसफाईको क्रममा प्रअ

२०७५ जेठ ९ बुधबार, राति ९:१२ बजे१ मिनेट पढाइ

विनय कुमार यादव |
जनकपुरधाम, ९ जेठ । धनुषाको सबैला नगरपालिका वडा नं. ७ मा स्थापित समुदायिक विद्यालय रा.प्रा.वि मटहीका प्रधानाध्यापक योगेन्द्र साहले छोरीलाई हातमा हसुवा खुर्पी नदिई विद्यालय पठाउन आग्रह गरेका छन् ।
समुदायिक विद्यालय नियमित सरसफाईको क्रममा बुधबार विद्यालयमा गरिएको सरसफाईको क्रममा प्रअ साहले वर्तमान समयमा तराई मधेसमा छोरीलाई हातमा हसुवा खुर्पी मात्र दिने गरेकोले त्यसबाट बाहिर निकालेर विद्यालयसम्म पठाउन आग्रह गरे ।
प्र.अ. साहको अध्यक्षता एवम् वडा नं. ७ का वडाध्यक्ष रामदेव सहनीको प्रमुख आतिथ्यमा सम्पन्न साप्ताहिक सरसफाई कार्यक्रममा सहभागीहरुले बालबालिकाहरुलाई नियमित रुपमा विद्यालय पठाउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष सहनीले आगामी योजनामा विद्यालय सुधारको लागि चाखलाग्दो बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठकु सहनी सहित भद्रभलाद्मी, युवा, विद्यार्थीहरुको मोटो सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…