सीता दाहाललाई प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती
न्यूज ब्युरो, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ। उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् । दाहालको पार्थिव शरीरमा श्रीमान दाहालसहित छोरी गंगा र रेणु दाहालले दागबत्ती दिएका छन्। बुधबार दिउँसो पशुपति आर्

२०८० असार २७ बुधबार, दिउँसो ४:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ।
उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् । दाहालको पार्थिव शरीरमा श्रीमान दाहालसहित छोरी गंगा र रेणु दाहालले दागबत्ती दिएका छन्।
बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार उनको अन्तिम बिदाइ गरिएको छ।
उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो। त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए।
दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए ।
शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर पनि सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…