धनुषामा मोटरसाईकलको ठक्करले एक बालिका गम्भिर
विनय कुमार यादव | जनकपुरधाम, ९ जेठ । धनुषामा मोटरसाईकलले ठक्कर दिँदा एक बालिका गम्भिर घाईते भएकी छन् । धनुषाको सबैला नगरपालिका वडा नं. ५ मखनाहाको मुस्लिम टोल बस्ने बर्ष ४ की आश्विन खातनलाई मोटरसाईकलले ठक्कर दिएको थियो । आफ्नै घरको सामुन्ने सडकमा खेल्दै गरेको अवस्थामा ठक्कर दिएपछि बेहोस भएकी खातुनलाई

२०७५ जेठ ९ बुधबार, दिउँसो १:०७ बजे१ मिनेट पढाइ

विनय कुमार यादव |
जनकपुरधाम, ९ जेठ । धनुषामा मोटरसाईकलले ठक्कर दिँदा एक बालिका गम्भिर घाईते भएकी छन् ।
धनुषाको सबैला नगरपालिका वडा नं. ५ मखनाहाको मुस्लिम टोल बस्ने बर्ष ४ की आश्विन खातनलाई मोटरसाईकलले ठक्कर दिएको थियो ।
आफ्नै घरको सामुन्ने सडकमा खेल्दै गरेको अवस्थामा ठक्कर दिएपछि बेहोस भएकी खातुनलाई तत्कालै धनुषाधाम अस्पतालमा पुरयाएपछि होस आएको हो ।
मोटरसाईकल बालिकाको छातीमाथिबाट आरपार गरिएको छ । बालिकाको छातीको हड्डी भाँचिएको अनुमान गरिएको छ ।
छातीमा गम्भिर चोट लागेको खातुनलाई होस आउने वित्तिकै थप उपचारको लागि जनकपुर ल्याएको ईलाका प्रहरी कार्यालय सबैलाका ईन्चार्ज एवम् प्रहरी नीरिक्षक सुरेश ठाकुरले जनाए ।

यता, ठक्कर दिने मोटरसाईकको अत्तोपत्तो छैन भने नम्बर समेत कसैले टिप्न नसकेको भन्दै ठक्कर दिने चालकलाई खोज्न गाह्रो भएको ठाकुरले जनाए ।
बच्चाहरुको समूहमा खेल्दै गरेका खातुनलाई ठक्कर दिएपछि एक जना बालकले उनका परिवारलाई खातुनलाई ठक्कर दिएको बताएपछि मात्र अभिभावक आएका थिए ।
अहिलेसम्म मोटरसाईकल फरार रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…