अब धनुषाधाममा पनि NIC ASIA बैँकको ATM
सो उद्घाटन कार्यक्रम नगर उपप्रमुख बिध्या देवि भुजेल ,वडा नं २ का अध्यक्ष लक्ष्मी साह ,वडा नं ५ का अध्यक्ष इन्द्रकुमार महतो, वडा ९ का सुरज लामा,कार्यपालिका सदस्य बिक्रु मिझार ,स्थानीय ब्यापारी राम पदार्थ यादव, युवा नेता प्रमोद कुमार यादव लगायत स्थानीय ब्यापारीहरुको व्यापक उपस्थित रहेको थियो ।

२०८० असार २१ बिहीबार, बेलुकी ५:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बैँकिँग क्षेत्रमा गाउँस्तरसम्म शाखा विस्तार गरेको एनआईसी एसिया बैँकले धनुषाधाममा पनि एटिएम सेवा विस्तार गरेको छ ।
बुधबार एक कार्यक्रमबीच एनआईसी एसिया बैँकको धनुषाधाम शाखामा एटिएम मेसिन जडान गरिएको हो । धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले एटिएमको उदघाटन गरे ।
ऐतिहासिक एवम पर्यटकीय भूमि रहेको धनुषाधाममा बाहिरबाट आउने पयर्टकहरुलाई रकम झिक्न कठिनाई भएको बेला धनुषाधाममा समेत एटिएम जडान भएपछि यहाँका बजारलाई समेत टेवा पुग्ने धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले बताए ।
धनुषाधाममै एटिएम सेवा विस्तार गराएपछि मेयर मण्डलले एनआईसी बैँकलाई धन्यवाद ज्ञापन गरे । उनले यस भेकमा जनकपुरबाहेकको ठाउँमा पहिलो पटक एटिएम मेसिन जडान गरेको भन्दै बैँकको व्यवस्थापन पक्षलाई धन्यवाद ज्ञापन गरे ।

मेयर मेयर मण्डलले एन आई सि बैंकका परिवार प्रती धन्यवाद दिदै ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थिति लाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले धनुषाधाम नगरपालिकाका मुख्य बजार धनुषाधाममा एटिएम सेवा संचालन गर्दा सहुलियत भएको बताए ।
सो शाखाका म्यानेजर प्रेम श्रेष्ठले २४ घण्टा सेवा संचालन गर्ने र यहाँको सेवाग्राहीको खाचो अनुसार एटिएम सेवा विस्तार गरेको बताए ।
सो उद्घाटन कार्यक्रम नगर उपप्रमुख बिध्या देवि भुजेल ,वडा नं २ का अध्यक्ष लक्ष्मी साह ,वडा नं ५ का अध्यक्ष इन्द्रकुमार महतो, वडा ९ का सुरज लामा,कार्यपालिका सदस्य बिक्रु मिझार ,स्थानीय ब्यापारी राम पदार्थ यादव, युवा नेता प्रमोद कुमार यादव लगायत स्थानीय ब्यापारीहरुको व्यापक उपस्थित रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…