धनुषा : यूनियन लाईफ इन्स्योरेन्सद्धारा विमितलाई १४ लाख रुपैयाँ भुक्तान
न्यूज ब्यूरो | जनकपुरधाम, ८ जेठ । युनियन लाईफ ईन्स्योरेन्स कम्पनीले विमा गरी मृत्यू भएका धनुषाका एक विमितलाई १४ लाख रुपैयाँ भुक्तान गरेको छ । कम्पनीको जनकपुर शाखाले धनुषा बेँगाडावर ७ बस्ने सुरेश थिंगका छोरा अर्जुन थिङको वैदेशिक रोजगारीको क्रममा सउदीमा मृत्यू भएपछि गरिएको मृत्यूदावी रकम वापत १४ लाख भ

२०७५ जेठ ८ मंगलबार, बेलुकी ५:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ८ जेठ । युनियन लाईफ ईन्स्योरेन्स कम्पनीले विमा गरी मृत्यू भएका धनुषाका एक विमितलाई १४ लाख रुपैयाँ भुक्तान गरेको छ ।
कम्पनीको जनकपुर शाखाले धनुषा बेँगाडावर ७ बस्ने सुरेश थिंगका छोरा अर्जुन थिङको वैदेशिक रोजगारीको क्रममा सउदीमा मृत्यू भएपछि गरिएको मृत्यूदावी रकम वापत १४ लाख भुक्तान गरिएको कम्पनीका शाखा प्रबन्धक सँजीव साहले बताए ।
२४ वर्षियय थिंगको सउदीमा वैदेशिक रोजगारीको क्रममा गत वर्षको फागुन २ गते मृत्यू भएको थियो ।
युनियन लाईफ ईन्स्योरेन्सबाट बीमा गराएका थिंगको मृत्यूभएपछि उनका बाबूले विमितिको मृत्यू पश्चात्को रकमको लागि क्लेम अर्थात मृत्यूदावी गरेपछि उक्त रकम भुक्तान गरिएको हो ।
कम्पनीले दाबी कागजात प्राप्त भए पश्चात तत्काल बीमा रकम दाबी भुक्तानी गरिएको हो ।
जनकपुर शाखा प्रबन्धक साहले मृतकका बुवालाई कार्यालयमै बोलाएर विमा वापतको रकम चेक मार्फत प्रदान गरिएको हो । म्यानेजर साहले थिंगका बुवालाई चेक हस्तान्तरण गरेका हुन् ।
कम समयमै १० नयाँ ईन्स्योरेन्स कम्पनीहरुमा सबभन्दा अग्रनी स्थानमा रहेको युनियन लाईफ ईन्स्युरेन्स कम्पनीले विमितको विमा रकम विना कुनै झन्झट कागजात पुराको आधारमा रकम प्रदान गर्ने गरेकोले झन विश्वसनीयता बढेको छ ।
जनकपुर शाखा केही महिना अघि मात्र स्थापना गरिएको छ भने सयौँ सर्वसाधारण ग्राहक बनेका छन् । शाखा प्रबन्धक साहले विमितको वीमा रकममा कुनै पनि सम्झौता नगरि हकको रकम जतिबेला पनि पाउने दाबी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…