धनुषाको कमला नगरपालिकामा जनतासँग सार्वजनिक सुनुवाई
सो क्रममा उपस्थित जनप्रतिनीधिहरुले नागरिकको गुनासो, समस्या टिपोट गरी जवाफ फर्काएको थियो । त्यसअघि विगतको आर्थिक बर्षहरुको आय व्यय सार्वजनिकीकरण, योजनाहरुको सहित चालु आर्थिक बर्षको योजनाहरुको बारेमा समेत नागरिकलाई सुनाइएको थियो ।

२०८० असार १३ बुधबार, राति ९:०४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा बुधबार ९ वटै वडाको लागि योजनाहरुको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
कमला नगरपालिका वडा नम्बर १, २, ३ र ४ को लागि वडा नम्बर ३ को लगमा बजारस्थित योजनाहरुको सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
लगमा बजार क्षेत्रमा नगर सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । आयोजना गरिएको नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ को योजनाहरुको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
मँगलबार दिउँसो ३ बजेदेखि सुरु भएको सार्वजनि सुनुवाई साँझ करिब ७ बजेसम्म सँचालन भएको आयोजकले जनाएको छ ।
कमला नगरपालिकाको आयोजना तथा समाजिक सँस्था त्रिनेत्र ट्रेनर्स नेटवर्क प्रा.लि. को समन्वयमा ९ वटै वडाको दुई ठाउँमा भेला गरी योजनाहरुको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
विभिन्न वडाबाट आएका जनप्रतिनीधि, नागरिक समाज, अगुवा, राजनीतिक दलका प्रतिनीधिहरुको रोहबरमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनीधिहरुसँग जनताहरुले सीधा सबाल जवाफ गरेको थियो ।
सो क्रममा उपस्थित जनप्रतिनीधिहरुले नागरिकको गुनासो, समस्या टिपोट गरी जवाफ फर्काएको थियो । त्यसअघि विगतको आर्थिक बर्षहरुको आय व्यय सार्वजनिकीकरण, योजनाहरुको सहित चालु आर्थिक बर्षको योजनाहरुको बारेमा समेत नागरिकलाई सुनाइएको थियो ।
कमला नगरपालिकाले ६ बर्षमा दोस्रो पटक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । यसअघि स्थानीय चुनावको बेला कमला नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो ।
कार्यक्रममा उपस्थित नागरिक समाज, शिक्षक, समाजसेवीहरुले समय समयमा सार्वजनिक सुनुवाई गर्ने कमला नगरपालिका पहिलो नगरपालिका रहेको भन्दै प्रशँसा गरेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमको प्रत्यक्ष प्रसारण जनकपुरधामस्थित अप्पन टेलिभिजन एचडीबाट समेत गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष सरददेव यादव, वडा नम्बर २ का वडाध्यक्ष ठकु यादव, वडा नं. ३ का वडाध्यक्ष रामभगत यादव, वडा नम्बर ४ का वडाध्यक्ष दिपक गोहिबार, वडा नं. ९ का वडाध्यक्ष रणवीरसिँह मण्डल, वडा नं. ८ का तृपित भुडेर वडा नं. ५ का शिवा पासवान, वडा नं. ७ छठु मण्डलसहित स्थानीय जनप्रतिनीधि, कर्मचारीहरु, विभिन्न शाखाका कर्मचारीहरु, समाजसेवी, विद्यार्थी, अधिकारकर्मी, प्रहरी प्रशासनको समेत सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…