जो सडक बनाउन दिँदैन उही व्यक्ति पानी जमेको फोटो हालेर अपशब्द लेख्दैछः अध्यक्ष यादव
अध्यक्ष यादवले समाजिक सँजालमा सीधा भ्रष्टाचारको टयाग लगाउने, तथानाम गाली गर्नेहरुले स प्रमाणसहित निकायमा उजुरी गर्नुपर्ने बताए । निकाय हुँदाहुँदै समाजिक सँजालमार्फत चरित्र हत्या गर्नेलाई कानुनी बाटो खोज्ने उनले बताए । समाजिक सँजाल हुँदैमा जेपनि लेख्न पाउने अधिकार कसैलाई नभएको भन्दै उनले साईबर क्राईममा समेत मुद्दाको तयारी गरिएको बताए ।

२०८० असार १३ बुधबार, बिहान ९:१५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपािलकाका अध्यक्ष दिपिनदेव यादवले सडक बनाउन नदिने तत्वहरु नै समाजिक सँजालमा अपशब्द प्रयोग गरी गालीगलौज गरेको बताएका छन् ।
समाजिक सँजालमा आफूविरुद्ध विभिन्न अपशब्द तथा गालीगलौज गरिरहेकोप्रति ध्यानाकर्षण गर्दै अध्यक्ष यादवले सात्विक रुपमा विरोध गर्नुको साटै अपशब्द र गालीगलौजमा उत्रेको बताएका छन् ।
समाजिक सँजाल फेसबुकमा पानी जमेको, नाला निकास नभएको तस्विरहरु हालेकोप्रति ध्यानाकर्षण गर्दै उनले सडक फराकिलो बनाउन वा नाला बनाउन एक ईन्च पनि जमिन नदिई विकास निर्माण कार्य रोक्नेहरुले उल्टै आफ्नै ठाउँको तस्विर खिचेर पूर्वाग्रहीपन देखाएको आरोप लगाएका छन् ।
उनले भने, –“विकास निर्माणको कार्य हुँदा ठेकेदारहरुले लापरवाही गरिरहेको हुन्छ, यसमा कुनै दुईमत छैन, हरेक नागरिकको दायित्वको की बेतिथिको विरुद्ध बोल्नुपर्छ, तर, नचाहिँदो कुरामा लगाएर तथानाम गालीगलौज गर्ने, अपशब्द लेख्ने, अभद्र शब्दहरु लेख्नु छुट कसैलाई छैन । सभ्य भाषामा विरोध जनाउनुपर्छ, काम गलत भईरहेको छ भने खवरदारी गर्नुपर्छ, जहाँ काम गडबढ हुन्छ, त्यहाँको भुक्तानी नै नदिन निर्देशन दिएका छौँ, जहाँ मापदण्ड अनुसार काम हुँदैन त्यहाँ सोही मूल्याँकन अनुसार भुक्तानी दिइन्छ, नकी बजेट अनुसारकै भुक्तानी दिईन्छ ।”
अध्यक्ष यादवले समाजिक सँजालमा सीधा भ्रष्टाचारको टयाग लगाउने, तथानाम गाली गर्नेहरुले स प्रमाणसहित निकायमा उजुरी गर्नुपर्ने बताए । निकाय हुँदाहुँदै समाजिक सँजालमार्फत चरित्र हत्या गर्नेलाई कानुनी बाटो खोज्ने उनले बताए । समाजिक सँजाल हुँदैमा जेपनि लेख्न पाउने अधिकार कसैलाई नभएको भन्दै उनले साईबर क्राईममा समेत मुद्दाको तयारी गरिएको बताए ।
उनले समाजिक सँजालमा लेखिरहेको शब्दहरु, निराधार स्टेटसहरुको स्क्रीनसट प्रमाणहरु सँकलन गरी राखेको जानकारी दिए । यसका साथै उनले आम नागरिकबाट सल्लाह सुझावको अपेक्षा समेत गरे ।
समाजिक सँजालमा अध्यक्ष यादवसहित अन्य जनप्रतिनीधिहरुको विरोध भईरहेको छ । विभिन्न योजनाहरुमा कमसल वस्तुको प्रयोग, मापदण्ड विपरित निर्माण योजनाहरुप्रति सर्वसाधारणहरुले समाजिक मार्फत विरोध जनाउँदै आएको छ । सोहीप्रति अध्यक्ष यादवले सभ्य रुपमा विरोध जनाउन भनेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…