Close This

न्यून्तम नीतिमा काम पूरा गर्ने लक्ष्य छः मेयर यादव 

२०८० असार ११ सोमबार
बिहान ०७:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादवले आगामी आर्थिक बर्षको नीति अनुसार न्यून्तम नीतिमा काम पूरा गर्ने बताएका छन् । 

आईतबार आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख यादवले थोरै नीतिमा कार्य पूरा गर्ने गरी लक्ष्य लिएको बताए । उनले अधिक नीति दर्साएर काम नै नगर्ने नीतिलाई परास्त गरी आगामी आर्थिक बर्षमा नीतिगत विकासको कार्यहरु पूरा गर्ने गरी मात्र गरिने बताए । 

उनले विभिन्न योजना तहत छुटयाईने बजेटमा एउटै योजनामा पटक पटक बजेट विनियोजनभन्दा थोरै काम गर्ने गरी एकै पटक एउटा योजना पूरा गर्ने नीति ल्याएको बताए । 

कर्मचारी व्यवस्तता र केही जनप्रतिनीधिहरुबीचको समान्य किचलोको कारण असार १० गते बजेट ल्याउन नसकिएको बताउँदै मेयर यादवले सम्पूर्ण जनप्रतिनीधिलाई मिलाएरै कार्य सम्पादन गरिने बताए । उनले केही वडाहरुबाट अझै योजनाहरु आउन नसक्दा बजेट ल्याउन नसकेको बताए । 

९ वटै वडाबाट वडा प्रतिनीधिले योजना पेश गरिए यथाशिघ्र बजेट ल्याउने बताए । उनले अब नयाँ बजेट यो आर्थिक बर्ष विधिपूर्वक समाप्त पारेपछि असार २५ गतेपछि मात्र आउने बताए । 

नीति तथा कार्यक्रम सार्वजनकीकरणको क्रममा ऐलानी जग्गाहरुलाई स्थानीय सरकारको मातहतमा लिएर अतिक्रमण मुक्तको योजना नीति ल्याएको हो । प्रौढ शिक्षा सँचालन, कृषिमा पूर्ण विद्युतिकरण, शिक्षामा डिजिटलाईजेशनको नीतिहरु सार्वजनकीकरण गरिएको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोले स्वागत मनतव्य राखेपछि प्रस्तुतिकरण विधिवत सुचारु भएको थियो । 

कमला नगरपालिकाकी उपमेयर शिला देवी मण्डलको अध्यक्षता तथा नगर प्रमुख यादवको प्रमुख आतिथ्यमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुतिकरण गरिएको थियो । विभिन्न राजनीतिक दलका प्रतिनीधिहरुले मेयर यादवलाई आगामी आर्थिक बर्षको कार्यक्रममाथि सुझाव दिएका थिए । 

सो क्रममा जनमत पार्टीका प्रदेश साँसद प्रत्यासी दिपेन्द्र तेथवारले ऐलानी जग्गा अतिक्रमण मुक्त, वडा नं. ३ लगमास्थित रहेको समुदायिक विद्यालयमा कानुनी लगाम लगाउनुपर्ने धारणा राखेका थिए । उनले तीन पटकसम्म वर्तनमा जनप्रतिनीधिलाई चेतावनी दिने र त्यसपछि जनकारवाहीमा उत्रने चेतावनी समेत दिए । 

सोही क्रममा नेकपा माओवादी (केन्द्र) बाट मेयरका प्रत्यासी बलराम विराजीले कर्मचारीहरुको कार्यशैलीको विरोध गरे । उनले जनप्रतिनीधिहरुलाई नीतिसँगत काम गर्न सुझाव दिए । धेरै नीति देखाएर काम एउटा पनि नगर्ने प्रवृतिलाई परास्त गरी थोरै नीतिमा काम पूरा गर्ने गरी काम गर्न सुझाव दिए । 

नेविसंघका क्षेत्रीय सँयोजक जयनाथ यादवले विद्यालयमा सिसिटिभी, बालबालिकाहरुको लागि पानी फिल्टर, नगरको दुई ठाउँमा बर्थिँग सेन्टर, टुक्रे योजना विस्थापिकरण गर्न माग उठाएका थिए । सो क्रममा मेयर यादवले आ आफ्नो सल्लाह सुझावहरु लिखित दिन आग्रह गरेका थिए । 

शिक्षा शाखा सँयोजक अमित जयसवालले सँचालन गरेको कार्यक्रममा प्रशासन शाखा प्रमुख एवम् सूचना अधिकारी बीरेन्द्र सढानले मेयर यादवलाई नीति तथा कार्यक्रम प्रस्तुतिकरणको लागि सघाएका थिए । 

सोही क्रममा वडा नं. २ का वडासदस्य जीतनारायण यादवले वडा कार्यालयबाट हुने विभिन्न निर्णयहरुमा आफूहरुको खोजबिन नभएकोप्रति आपत्ति प्रकट गरे । उनले वडा सदस्यहरुलाई बायकट्ट गरी वडाध्यक्षले एकलौटी गर्न खोजेको आरोप लगाए । १३ महिनाको अन्तरालमा एक पटक पनि वडा समितिको बैठक नबसेको भन्दै वडासदस्यहरुको हकाधिकार नदिएसम्म बजेट ल्याउन नदिने अडान लिए ।

कार्यक्रममा स्वास्थ्य शाखा सँयोजक राम कुमार ठाकुर, उपसँयोजक अमरेश कुमार यादव, लेखा अधिकृत सँजीव कुमार महतो, जिन्सी शाखा प्रमुख युगलकिशोर यादव, आलेपका गौत्तम झा, प्राविधिककी नेहा मण्डल, वडा नं. १ का वडाध्यक्ष सरददेव यादव, २ का ठकु यादव, ३ का रामभगत यादव, ४ का दिपक गोहिबार, ५ का शिवा पासवान, ६ का समसुल मियाँ, ७ का छठु मण्डल, ८ का तृपित भुडेर र ९ का रणवीरसिँह मण्डलले सक्रिय सहभागीता जनाएका थिए । 

यस्तै, ईलाका प्रहरी कार्यालय खजुरी, बिओपी दुबरकोट हथलेटवा, विभिन्न राजनीतिक पार्टीका प्रतिनीधि, वडा नं. ५ का वडाध्यक्षका प्रत्यासी चन्देश्वर यादवसहित सयौँको सहभागीता रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८० असार ११ सोमबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus