जनकपुरः नयाँ वडाध्यक्ष बनिन रामपरी देवी मण्डल
अख्तियारमा मुद्दा क्लीयर नभएसम्म वडाध्यक्ष यादवले कामकाज गर्न नपाउने भएपछि मण्डललाई वडाध्यक्षको जिम्मेवारी तोकिएको हो । उनलाई विहिबार वडा नं. २ को वडा कार्यालयमा स्वागत गरिएको हो ।

२०८० असार ७ बिहीबार, बेलुकी ५:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको नगराईन नगरपालिका वडा नं. २ मा वडाध्यक्ष जिम्मेवारी वडासदस्य रामपरि देवी मण्डलले सम्हाल्ने भएकी छन् ।
वडा नं. २ का वडाध्यक्ष बुलन यादव ७० हजार रुपैयाँ घुससहित पक्राउ परेपछि कार्यालय सँचालनको लागि वडा सदस्य सोही वडाकी वडा सदस्य रामपरी देवी मण्डलाई कामकाजको लागि वडाध्यक्षको जिम्मेवारी दिइएको हो ।
अख्तियारमा मुद्दा क्लीयर नभएसम्म वडाध्यक्ष यादवले कामकाज गर्न नपाउने भएपछि मण्डललाई वडाध्यक्षको जिम्मेवारी तोकिएको हो । उनलाई विहिबार वडा नं. २ को वडा कार्यालयमा स्वागत गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…