प्रदेश २ को राजधानी जनकपुर र बीरगँजबीचमा बनाउन माग
ब्रम्हानन्द ठाकुर | जनकपुरधाम, ७ जेठ । प्रदेश नं. २ को राजधानी जनकपुर उपयुक्त नभएको भन्दै जनकपुर र बीरगँजको बीचमा राजधानी कायम गर्न एक कार्यक्रममा सरोकारबालाहरुले माग उठाएका छन् । बीरगँजमा आयोजित सनातन धर्म सम्मेलन कार्यक्रममा सहभागी हुन पुगेका प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थसँग सर

२०७५ जेठ ८ मंगलबार, राति १२:०५ बजे१ मिनेट पढाइ

ब्रम्हानन्द ठाकुर |
जनकपुरधाम, ७ जेठ । प्रदेश नं. २ को राजधानी जनकपुर उपयुक्त नभएको भन्दै जनकपुर र बीरगँजको बीचमा राजधानी कायम गर्न एक कार्यक्रममा सरोकारबालाहरुले माग उठाएका छन् ।
बीरगँजमा आयोजित सनातन धर्म सम्मेलन कार्यक्रममा सहभागी हुन पुगेका प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थसँग सरोकारबालाहरुले स्थायी राजधानी जनकपुरमा उपयुक्त नहुने बताएका छन् ।
प्रदेश २ को स्थायी राजधानी र नामाकरण सम्बन्धमा छलफल चलिरहँदा उक्त कार्यक्रमका सहभागीहरुले प्रदेश २ को राजधानीको लागि जनकपुर उपयुक्त नदेखिएकोले बीचमै राजधानी बनाउँदा बेश हुने सल्लाह प्रदेश प्रमुख कायश्थ समक्ष राखिएका हुन् ।
कार्यक्रममा प्रदेश प्रमुख कायश्थले सँघियताको मुल मर्म हरेक धर्म, जातजाती, भाषा, रीतीरीवाज र सँस्कृतिको पहिचानलाई सँस्थागत गर्नु नै जनआन्दोलनको उपलब्धी हुने बताउनुभयो ।
सनातन धर्म सम्मेलन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख कायस्थले राज्यबाट प्राप्त हरेक अवसरलाई सही र समुचित तरिकाले उपयोग गर्नु तथा लोकतन्त्रलाई बलियो पार्नु नै आजको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले आगामी दिनहरुमा समाजमा भईरहेको बिभिन्न खाले जातिय तथा धार्मिक विभेदलाई अन्त्य गर्दै समाजमा सबैको सम्मानपुर्वक बाँच्न पाउने अधिकार र सामाजिक वातावरण निर्माण गर्नु जरुरी रहेको पनि बताउनुभएको छ ।
कार्यक्रममा १४५ औ शँकराचार्यका रुपमा रहेका जगतगुरु स्वामी निश्चलानन्द सरस्वती जी महाराजले यस सँसारको उत्पति सनातन धर्मबाट भएको बताउनुभएको छ ।
साथै उहाँले नेपाल हिन्दुहरुको बहुसँख्यक देश भएपनि सँविधानबाट हिन्दु राष्ट्र शब्द हटाईएकोमा चिन्ता समेत व्यक्त गर्नुभयो ।
त्यस्तै, मारवाडी युवा मञ्च बीरगँजले प्रदेश प्रमुखलाई स्वागत तथा सम्मान गरेको थियो । उक्त कार्यक्रममा मारबाडी समुदायले प्रदेश नं. २ लाई समृद्ध बनाउन प्रदेश प्रमुखलाई सुझाव दिएका थिए ।
कार्यक्रममा पुर्व प्रधानन्यायधिश दामोदर प्रसाद शर्मा, बिरगँज महानगरपालिकाका उपमेयर सहितको समेत उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…