जनकपुरः सहायक वन अधिकृत यादवको यौनलीला
भारतबाट सक्रिय रहेको गिरोहले समाजिक सँजाल मार्फत प्रलोभनको साथै ब्लैकमेल गर्नको लागि निरन्तर हाई प्रोफाईल व्यक्तिहरुलाई लक्षित गर्दै आएको छ ।

२०८० असार ३ आइतबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयका सहायक वन अधिकृत लालबाबु यादवको अश्लील भिडियो बाहिरिएको छ ।
यादवले एक महिलासँग ह्वाटसएपमा अश्लील गतिविधि गरिरहेको भिडियो बाहिरिएको हो ।
भिडियोमा दुबै जनाले यौनजन्य क्रियाकलाप गरिरहेको देखिएको छ । ‘हेलो सर’ नाम ह्वाटसएप गु्रपमा उक्त भिडियो राखिएको छ ।
सहायक वन अधिकृत यादवले भने षडयन्त्र पूर्वक उक्त भिडियो बनाइएको बताएका छन् । साथीहरुले उक्त भिडियो देखाएको बताउँदै उनले भने राम्रो काम गर्नेलाई फसाएको हो ।
संघीय सरकारका पूर्व खानेपानी तथा सरसफाई मन्त्री अब्दुल खानको यस्तै अश्लील भिडियो प्रकरण चर्चामा आएको थियो ।
भारतबाट सक्रिय रहेको गिरोहले समाजिक सँजाल मार्फत प्रलोभनको साथै ब्लैकमेल गर्नको लागि निरन्तर हाई प्रोफाईल व्यक्तिहरुलाई लक्षित गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…