मधेश प्रदेश : घरमै श्रीमान-श्रीमतीमाथि खुकुरी प्रहार
न्यूज ब्यूरो, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि केहि दुरीमा रहेको मिथिला बिहारी नगरपालिकामा गत शुक्रबार राति एक दम्पति माथि अज्ञात व्यक्तिले खुखुरी प्रहार गरी घाइते बनाएका छन् । धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ६ सिर्सियास्थित घरमै श्रीमान –श्रीमतीमाथि माथि खुकुरी प्रहार भएको

२०८० जेठ २८ आइतबार, बिहान ११:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि केहि दुरीमा रहेको मिथिला बिहारी नगरपालिकामा गत शुक्रबार राति एक दम्पति माथि अज्ञात व्यक्तिले खुखुरी प्रहार गरी घाइते बनाएका छन् ।
धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ६ सिर्सियास्थित घरमै श्रीमान –श्रीमतीमाथि माथि खुकुरी प्रहार भएको छ ।
घरमै बसेका बेला ३५ वर्षीय दिनकर यादव र उनकी श्रीमती ममता यादवमाथि शनिबार साँझ खुकुरी प्रहार भएको हो । उनीहरु दुबै जना माथि धारिलो हतियार प्रहार गर्दा गम्भीर घाईते भएका छन् ।
दिनकर यादवको पछाडि काटिएको छ, भने श्रीमती ममताको बायाँ गाला र दाहिने हातमा काटिएको छ । अहिले उनी दुबै जनालाई स्थानीयले उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएका छन् ।
दिन्हानुदीन यस्ता घटनाहरु धनुषा जिल्ला भरि बढ्दै गएको छ । यदपि प्रशासनिक निकाय मूकदर्शक बनेको स्थानीयहरूले गुनासो गर्दै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…