पत्रकार महासँघका कोषाध्यक्ष सिँहले दिएनन लाखौँको हिसाब, फर्जी कागज पेश गरेपछि विवाद
सदस्यता लिएका सदस्यहरुको नविकरण र नयाँ सदस्यताको सन्दर्भमा विवाद हुँदा अध्यक्ष झामाथि हातपात भएको बताईएको छ । अध्यक्ष झाले राजनीतिक आस्थाको हिसाबले मात्र सदस्यता नविरकरण गर्न खोजेपछि विवाद भएको आरोप पत्रकार महासंघ धनुषा शाखाकै अधिकारिक लेटरहेडमा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएपछि पदाधिकारीहरुबीचको विवाद चरम उत्कर्षमा पुगेको पुष्टि भएको छ ।

२०८० जेठ २८ आइतबार, बिहान ९:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषा शाखाका कोषाध्यक्ष रामकमल महतो उर्फ राजकमल सिँहले लाखौँ रुपैयाँको हिसाबकिताब नदिएको आरोप लगाइएको छ ।
शनिबार जनकपुरको एक होटेलमा भएको पत्रकार–पत्रकारबीचको झगडापछि बयान दिँदै अध्यक्ष झाले कोषाध्यक्ष सिँहमाथि आर्थिक अनियमितताको आरोप लगाईन् । अध्यक्ष झाले केही कागजातहरुमा फर्जी हस्ताक्षर गरी कोषाध्यक्ष सिँहले कागजात पेश गरेको दाबी गरिन् ।
विभिन्न राजनीतिक पार्टीका पत्रकारहरुबीच शनिबार जनकपुरमा भएको हातपातपछि महासंघभित्रको काला चिठ्ठा खुल्न थालेको हो । पत्रकार महासंघ धनुषा शाखामा अधिकांश बढी राजनीतिक पार्टीका पत्रकारहरु आवद्ध छन् ।
सदस्यता लिएका सदस्यहरुको नविकरण र नयाँ सदस्यताको सन्दर्भमा विवाद हुँदा अध्यक्ष झामाथि हातपात भएको बताईएको छ । अध्यक्ष झाले राजनीतिक आस्थाको हिसाबले मात्र सदस्यता नविरकरण गर्न खोजेपछि विवाद भएको आरोप पत्रकार महासंघ धनुषा शाखाकै अधिकारिक लेटरहेडमा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएपछि पदाधिकारीहरुबीचको विवाद चरम उत्कर्षमा पुगेको पुष्टि भएको छ ।
सदस्यता नविकरण तथा नयाँ सदस्यताबाट उठेको रकमको हरहिसाब माग्दा नदिएको, कागजातहरुमा ताल्चा लगाएर राखेको आरोप कोषाध्यक्ष सिँहमाथि लगाईएको छ ।
कोषाध्यक्ष सिँहले आफ्नो कार्यकालमा लाखौँ रुपैयाँको काम गरेपनि कुनै हरहिसाब नदिएको बताइएको छ । जानकारी अनुसार, सरकारी निकायहरुबाट असुली गरिने चन्दा, मागिने सहयोग, आर्थिक सहयोगको कुनै हरहिसाब नदिई एकलौटी खानेको गरेका छन् ।
पत्रकार महासंघ धनुषा शाखाको सौन्दर्यीकरणको नाममा कोषाध्यक्ष सिँहले नै २५ लाख रुपैयाँको काम गरेको नाम नखोल्ने शर्तमा एक पत्रकारले बताए । कोषाध्यक्ष सिँहसँग सम्पर्क हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…