सिरहाका मेयर यादवको समूहले अस्पतालको ईमरजेन्सीमा पसेर डाक्टर कुटे
प्रादेशिक अस्पताल प्रशासनका अनुसार, काउण्टरमा रहेका कर्मचारी, ईमरजेन्सी वार्डमा कार्यरत चिकित्सकहरुलाई १५–२० जनाको टोली पसेर कुटपिट, गाली गलौज, हुलहुज्जत गरेको अस्पतालद्धारा जारी गरिएको विज्ञिप्तिमा उल्लेख छ ।

२०८० जेठ २७ शनिबार, बिहान ७:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिकाका मेयर नविन कुमार यादवको समूहले चिकित्कसमाथि कुटपिट गरेका छन् ।
शुक्रबार एक विरामी उपचाररत रहेको बेला सिरहाका मेयर यादवसहित उनका समूहले अस्पतालभित्रको आकस्मिक (इमरजेन्सी) सेवामा पसेर चिकित्सक तथा अस्पताल कर्मचारीमाथि हातपात गरेका हुन् ।
सिरहास्थित सिरहा प्रादेशिक अस्पताल सिरहामा शुक्रबार राती ८ बजेको समयमा मेयर यादवको समूह पसेर कर्मचारीमाथ हातपात गरेको आरोप लगाउँदै अस्पताल प्रशासनले आपत्ति जनाएको छ ।
आरटिएका विरामी सिरहा नगरपालिका वडा नं. १४ बस्ने अन्दाजी बर्ष ३१ को आशिष मण्डलको सो इमरजेन्सी वार्डमा उपचार भईरहेको बेला ईमजरेन्सी कक्षमै पसेर मेयर र उनका समूहले डेस्कका कर्मचारीहरुलाई हातपात गरेको अस्पताल सँचालन तथा व्यवस्थापन समितिका अध्यक्ष सोहिन्द्र कुमार यादवले जानकारी दिएका छन् ।
प्रादेशिक अस्पताल प्रशासनका अनुसार, काउण्टरमा रहेका कर्मचारी, ईमरजेन्सी वार्डमा कार्यरत चिकित्सकहरुलाई १५–२० जनाको टोली पसेर कुटपिट, गाली गलौज, हुलहुज्जत गरेको अस्पतालद्धारा जारी गरिएको विज्ञिप्तिमा उल्लेख छ ।
यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार साँझ करिब ८ बजेको समयमा एक सडक दुर्घटना भएको र इमरजेन्सीमा भर्ना भएको बेला तनाव भएको पुष्टि गरेको छ ।
यता, सिरहा नगरपालिकाका मेयर यादवसँग सम्पर्क गर्दा मोबाईलमा सम्पर्क हुन सकेनन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…