मधेशको ठाउँ-ठाउँमा मुस्लिमहरुको लागि मुसाफिरखाना बनाउनुपर्छः साँसद ठाकुर
नेकपामा एमालेबाट निर्वाचित भएका साँसद ठाकुरले जनकपुरधाम क्षेत्रभित्रसहित मधेश प्रदेशको विभिन्न ठाउँमा धर्मशाला जस्तै मुसाफिर खाना बनाउन सरकार अग्रसर हुनुपर्ने माग गरेका हुन् ।

२०८० जेठ २५ बिहीबार, बेलुकी ५:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका प्रदेश साँसद दिपेन्द्र ठाकुरले मुस्लिम समुदायहरुको लागि ठाउँ ठाउँमा मुसाफिर खाना बनाउन माग गरेका छन् ।
सँसदमा सम्बोधन गर्दै उनले अन्य समुदायको धर्मशाला जस्तै मुस्लिम समुदायहरुको लागि पनि मधेश प्रदेशको ठाउँ ठाउँमा मुसाफिरखाना बनाउनुपर्ने धारणा राखेका छन् ।
जनकपुरसहित अन्य ठाउँहरुमा मुस्लिम समुदायको लागि कहिँ कतै मुसाफिरखाना नरहेको तथा आफूलाई दर्जनौ डेलिगेशन आएको भन्दै उनले मुसाफिरखाना बनाउन माग गरेका छन् ।
नेकपामा एमालेबाट निर्वाचित भएका साँसद ठाकुरले जनकपुरधाम क्षेत्रभित्रसहित मधेश प्रदेशको विभिन्न ठाउँमा धर्मशाला जस्तै मुसाफिर खाना बनाउन सरकार अग्रसर हुनुपर्ने माग गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…