जनकपुरः भैँसी चोर पक्राउ
तारापट्टी टोल स्थित भित्री सडक खण्डमा पैदल हिडाई रहेको अबस्थामा सोही स्थान बस्ने सुकदेव मुखियाको छोरा बर्ष ३७ को बलि मुखियाले जनकपुर तर्फ ल्याउँदै गरेको अबस्थामा ती २ वटा भैँसीहरु बरामद गरी भैसि चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी चोरी सम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको हो ।

२०८० जेठ २३ मंगलबार, बेलुकी ५:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थितबाट एक भैँसी चोर पक्राउ परेका छन् ।
धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका वडा नं. ७ तारापट्टिस्थितबाट चोरीको दुई भैँसीसहित एक युवक पक्राउ परेका छन्
गत आइतबार रातिको समयमा जिल्ला धनुषा मिथिला विहारी नगरपालिका वडा नं. ६ पथरा टोल स्थित बस्ने सुबलाल यादवको गोठ घरबाट २ वटा भैसी चोरी भएको थियो । सो उजुरी प्रहरीमा गरेपछि प्रहरीले भैँसी खोजविन सुरु गरेको थियो ।
भैँसी मालिक यादवले ईलाका प्रहरी कार्यालय धनुषाधाम, धनुषामा निवेदन दिएकोमा ईन्सपेक्टरको कमाण्डमा, ईलाका प्रहरी कार्यालय तारापट्टीबाट सईको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले खोज तलास गर्ने क्रममा सोमबार राती १० बजेको भैँसी फेला पारेको हो ।
तारापट्टी टोल स्थित भित्री सडक खण्डमा पैदल हिडाई रहेको अबस्थामा सोही स्थान बस्ने सुकदेव मुखियाको छोरा बर्ष ३७ को बलि मुखियाले जनकपुर तर्फ ल्याउँदै गरेको अबस्थामा ती २ वटा भैँसीहरु बरामद गरी भैसि चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी चोरी सम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…