कमला नगरपालिकामा विद्यालयहरु ५ दिनसम्म बन्द
वर्तमान मौसम र परिस्थितिलाई मध्यनजर गर्दै कमला नगरपालिकाले आगामी जेठ २६ गतेसम्म विद्यालय बन्द राख्ने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतोद्धारा हस्ताक्षरित सूचनामा अत्यधिक गर्मीको कारण बालबालिकाहरुमा नाकारात्मक प्रभाव पर्न थालेपछि आकस्मिक निर्णय गरिएको हो ।

२०८० जेठ २१ आइतबार, राति ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाले समेत समुदायिक विद्यालय तथा सँस्थागत विद्यालयहरुमा ५ दिनको विदा दिएको छ ।
वर्तमान मौसम र परिस्थितिलाई मध्यनजर गर्दै कमला नगरपालिकाले आगामी जेठ २६ गतेसम्म विद्यालय बन्द राख्ने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतोद्धारा हस्ताक्षरित सूचनामा अत्यधिक गर्मीको कारण बालबालिकाहरुमा नाकारात्मक प्रभाव पर्न थालेपछि आकस्मिक निर्णय गरिएको हो ।
जेठ २१ गतेदेखि लागू हुने गरी नै जेठ २६ गतेसम्म विद्यालय बन्द हुने भएको छ । २६ गतेपछि पुनः विधिवत रुपमा विद्यालय सँचालनमा आउने छ ।
नगरपालिकाले विदाको अवधीमा पनि बिहान १० बजेदेखि ५ बजेसम्म प्रशासन खुल्ला राख्न अनुरोध गरेको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…