जनकनन्दिनी गाउँपालिका अध्यक्ष यादवले ल्याए करोडौँको विकासे बजेट
पूर्व गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखको सपना साकार पार्नको लागि अध्यक्ष दिपिनदेव यादवले सो योजना ल्याएको बताए । पूर्वअध्यक्ष शेखले आफ्नो वडामा एक मदरसा निर्माणको लागि पहल सुरु गरेका थिए । अल्पायूमै ज्यान गुमाएपछि शेखको सपना साकार पार्न यादवले सो योजना ल्याएको पूर्व गाउँपालिका अध्यक्षका पूर्व स्वकीय सचिव मनोज कुमार यादवले जानकारी दिए ।

२०८० जेठ १९ शुक्रबार, राति ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले गाउँपालिकाको लागि करोडौँको बजेट ल्याएका छन् ।
आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि गाउँपालिका अध्यक्ष यादवले करोडौँको बजेट ल्याउन सफल भएका हुन् । आफ्नो गाउँपालिकालाई विकासे रफ्तार दिनको लागि उनले संघीय सरकार र प्रदेश सरकारबाट अतिरिक्त बजेट ल्याउन सफल भएका हुन् ।
सरकारले स्थानीय तहलाई दिने बजेटभन्दा पनि थप बजेट ल्याएका हुन् । सँघीय सरकारबाट उनले खजुरीदेखि कठालसम्मको सडक कालोपत्रे (पीच) सडक बनाउनको लागि ६ करोड बढी बजेट ल्याएका हुन् ।

खजुरीको पर्साहा खजुरी माविदेखि उदहा–कठाल जाने बाटोलाई कालोपत्रे गर्नको लागि उनले संघीय सरकारलाई पठाएको योजना स्वीकृत भएको हो । तीनबर्षे योजना अवधीको पहिलो आर्थिक बर्षमा ६५ लाख रुपैयाँको काम गरिने गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले जानकारी दिए ।
उनका अनुसार, सो कालोपत्रेको लागि अधिकतम ३ बर्षको योजना तोकिएको हो । जनकनन्दिनी गाउँपालिका आफू अध्यक्ष भएपछि विभिन्न सडकहरु कालोपत्रे गर्न लागिएको बताए ।
यसका साथै, आगामी आर्थिक बर्षकै लागि जनकनन्दिनी गाउँपालिका वडा नं. २ मा मदरसा निर्माणको लागि २ करोड ९२ लाख र गाउँपालिकाभरि अनौपचारिक शिक्षाको लागि २ करोड रुपैयाँको बजेट ल्याएका हुन् ।

पूर्व गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखको सपना साकार पार्नको लागि अध्यक्ष दिपिनदेव यादवले सो योजना ल्याएको बताए । पूर्वअध्यक्ष शेखले आफ्नो वडामा एक मदरसा निर्माणको लागि पहल सुरु गरेका थिए । अल्पायूमै ज्यान गुमाएपछि शेखको सपना साकार पार्न यादवले सो योजना ल्याएको पूर्व गाउँपालिका अध्यक्षका पूर्व स्वकीय सचिव मनोज कुमार यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…