जनकपुरः उत्खनन रोक्न गएका प्रहरी कुटिए
रातिको समयमा उत्खनन गरिरहेको सूचना प्राप्त भएपछि रोकथाम गर्न जिल्लाबाट खटिएका प्रहरी टोली खोलामा पुगेको उनले बताए । प्रहरीले एउटा ट्याक्टरसमेत नियन्त्रणमा लिएको प्रवक्ता गौतमले जानकारी दिए ।

२०८० जेठ १२ शुक्रबार, दिउँसो ३:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थित उत्खनन रोक्न गएका प्रहरी कुटिएका छन् । अवैद्य रुपमा खोला उत्खनन गर्ने एक प्रहरी उत्खनन स्थलमै कुटिएको हो ।
गएराति धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरस्थित औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न पुगेका प्रहरीमाथि कुटपिट भएको हो ।
खोलामा अवैद्य रुपमा उत्खनन भईरहेको खवर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको टोलीका एक प्रहरी जवानलाई कुटपिट भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले प्रहरीमाथि कुटपिटको घटनालाई पुष्टि गरे ।
अवैध उत्खननकर्तालाई नियन्त्रणमा लिने क्रममा धक्कामक्का हुँदा एक प्रहरी जवानलाई चोट लागेको बताए । उनले प्रहरीमाथि कुटपिट गर्ने, धाकधम्की दिने लगायत ७ जनालाई पक्राउ समेत गरिएको बताए ।
रातिको समयमा उत्खनन गरिरहेको सूचना प्राप्त भएपछि रोकथाम गर्न जिल्लाबाट खटिएका प्रहरी टोली खोलामा पुगेको उनले बताए । प्रहरीले एउटा ट्याक्टरसमेत नियन्त्रणमा लिएको प्रवक्ता गौतमले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…