महोत्तरीमा नेपाली सेनाले मुस्लिम समुदायको लागि "मदरसा" बनाईदिएपछि...
न्यूज ब्यूरो | जनकपुरधाम, ४ जेठ । मुस्लिम समुदायको लागि नेपाली सेनाले मदरसा बनाईदिएपछि उक्त समुदायमा खुसियाली छाएको छ । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर–१ सानो धिरापुरमा रहेको नुरिया गौसिया मदरसाको भवन नेपाली सेनाले निर्माण गरिदिएपछि विद्यार्थी तथा अभिभावक हर्षित भएका छन् । भवन अभावका कारण पठन

२०७५ जेठ ४ शुक्रबार, दिउँसो २:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ४ जेठ । मुस्लिम समुदायको लागि नेपाली सेनाले मदरसा बनाईदिएपछि उक्त समुदायमा खुसियाली छाएको छ ।
महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर–१ सानो धिरापुरमा रहेको नुरिया गौसिया मदरसाको भवन नेपाली सेनाले निर्माण गरिदिएपछि विद्यार्थी तथा अभिभावक हर्षित भएका छन् ।
भवन अभावका कारण पठनपाठनमा समस्या भइरहेका बेला सेनाले भवन बनाइदिएको हो ।
परिकौलीस्थित नेपाली सेनाको गणले दुई लाख तथा जनश्रमदानबाट डेढ लाखसहित साढे तीन लाख रुपैयाँको लागतमा सो भवन निर्माण गरी हस्तान्तरण गरिएको हो ।
५० जनाभन्दा बढी बालबालिका अध्ययनरत् सो मदरसामा भवन अभावका कारणले पठनपाठन प्रभावित हुँदै आएको थियो ।
नेपाली मुस्लिम डटकमबाट साभार
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…