जनमत पार्टीबाट निर्वाचित वडाध्यक्ष यादवले वडाभरि निगरानी गर्न विभिन्न ठाउँमा लगाए सिसिटिभी क्यामेरा
गत बर्ष मात्र निर्वाचित वडाध्यक्ष यादवले यसपाली स्थानीयहरुको आदेशमा कल्याणपुर नगरपालिका वडा नम्बर ९ डुमरीको स्वास्थ्य चौकी ,आ.बि. डुमरीमाल– १ तथा वडा कार्यालयमा समेत सिसिटिभी लगाएका छन् ।

२०८० जेठ ७ आइतबार, राति ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट निर्वाचित एक वडाध्यक्षले वडाको विभिन्न ठाउँमा सिसिटिभी क्यामेरा लगाएका छन् ।
सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. ९ मा जनमत पार्टीबाट निर्वाचित वडाध्यक्ष विनोद कुमार यादवले वडाको विभिन्न ठाउँमा निगरानी गर्न सिसिटिभी क्यामेरा जडान गरेका छन् ।
गत बर्ष मात्र निर्वाचित वडाध्यक्ष यादवले यसपाली स्थानीयहरुको आदेशमा कल्याणपुर नगरपालिका वडा नम्बर ९ डुमरीको स्वास्थ्य चौकी ,आ.बि. डुमरीमाल– १ तथा वडा कार्यालयमा समेत सिसिटिभी लगाएका छन् ।
सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र वरपरको प्रभावकारी अनुगमनलाई सहज बनाउन समेत सिसिटिभी क्यामेरा जडान गरिएको वडाध्यक्ष यादवले जानकारी दिएका छन् ।
यसबाहेक, डिजिटलाइजेसनको लागि वडा कार्यालयले बासिन्दाहरूको लागि अनलाइन पहुँच समेत सुरु गरेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…