आन्दोलन अगाडी सिरहा प्रशासनिक निकाय झुके, रिहा भएको खुशीमा फूलमाला र अबिर लगाएर स्वागत गरे
न्यूज ब्यूरो, सिरहा । स्थानीयको ५ घण्टा भन्दा बढी लामो समयको आन्दोलनले सिरहा प्रशासनिक निकायलाई आन्दोलनरत टोली सामु झुक्न बाध्य बनाएका छन्। पक्राऊ परेका पूर्व वडा अध्यक्ष रिहा भएको खुशीमा गाउँबासीले फूलमाला र अबिर लगाएर स्वागत गरेका छन्। पक्राउ परेका पूर्व वडा अध्यक्षलाई सिडियो भोजराज खतिवडाले आन्दो

२०८० जेठ ३ बुधबार, राति ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । स्थानीयको ५ घण्टा भन्दा बढी लामो समयको आन्दोलनले सिरहा प्रशासनिक निकायलाई आन्दोलनरत टोली सामु झुक्न बाध्य बनाएका छन्।
पक्राऊ परेका पूर्व वडा अध्यक्ष रिहा भएको खुशीमा गाउँबासीले फूलमाला र अबिर लगाएर स्वागत गरेका छन्।
पक्राउ परेका पूर्व वडा अध्यक्षलाई सिडियो भोजराज खतिवडाले आन्दोलनरत टोली सँग वार्ता गरेर रिहा गर्ने प्रतिवद्धता साथ चक्काजाम खुलेको छ।
आज बिहान इलाका प्रहरी कार्यालय नरहाको सहयोगमा नरहा गाउँपालिका वडा नं २ का पूर्व वडा अध्यक्षलाई घर बाट नै पक्राउ गरेको थियो। पक्राउ गरे लगतै पुरै गाउँनै एक जुट भई बिहान देखि आन्दोलनमा होमिएका थिए।
बिहानको १२ बजे देखि सिरहा चोहर्वा सडक खण्ड बन्द भएको झन्डै ५ घण्टा पछि बन्द सडक प्रशासनिक निकायले आन्दोलनरत समुह सँग वार्ता गरेर खुलाएको छ।
सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नं. २ स्थित निर्माण भएको वडा कार्यालयको शिलालेख तोडफोड गरेको आरोपमा सोही वडाका पूर्व वडाध्यक्ष ज्ञानदेव दनुवार र सोही स्थान बस्ने श्याम सिंह दनुवार शिलालेख तोडफोड गरेको विषयमा प्रहरीले आज बिहान पक्राउ गरेका थिए।
पक्राउ परेका वडा अध्यक्ष र स्थानीयलाई रिहा गर्न माग गर्दै स्थानीयले चोहर्वा सिरहा सडक स्थित पानबारी चोकमा चक्काजाम गरेका थिए।
सो आन्दोलन नेपाल तरुण दलका जिल्ला सभापति अरबिन्द मण्डलको प्रमुख नेतृत्वमा भएको थियो । साथै (जसपा, नेपाली कांग्रेस, माउबादी केन्द्र, जनमत, लोसपा र अन्य) सर्बदलीयले नेपाल तरुण दल संग एक्बदाता जनाएका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…