धनुषाको हरिपुरमा युवाहरुको निःशुल्क स्वास्थ्य शिविर, पाँच सय बढी जना लाभान्वित
त्यहाँस्थित रहेको युवाहरुको समुह न्यू हरिपुर युवा एकता समाजले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगको चेकजाँचसहित निःशुल्क औषधी समेत वितरण गरिएको हो ।

२०८० बैशाख २४ आइतबार, दिउँसो ४:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकास्थित युवाहरुले निःशुल्क स्वास्थ्य शिविर चलाएको छ । धनुषाधाम नगरपालिका वडा नं. ६ हरिपुरस्थित युवाहरुले चलाएको शिविरमा पाँच सय जनाभन्दा अधिकले सेवा लिएका हुन् ।
त्यहाँस्थित रहेको युवाहरुको समुह न्यू हरिपुर युवा एकता समाजले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगको चेकजाँच गरिएको हो ।
शिविरको क्रममा हाड जोर्नी तथा नशा तर्फ १५५ जना, बाल रोग तर्फ ८६ जना, जेनरल फिजिसियन र सुगर रोग तर्फ २०४ जना, स्त्री तथा प्रसुति रोग सम्बन्धी ६० जना, नाक, कान घाँटी तथा थायराइडतर्फ ६९ जनासहित ल्याब तथा प्याथेलोजी गरी जम्मा५७४ जनाले सेवा लिएको हरिपुर समाजका मोख्तार हुसैनले जानकारी दिए ।

सँस्थाकी अध्यक्ष अमिरकला देवीको अध्यक्षता तथा वडा नं. ६ का वडाध्यक्ष ऋषीकेश लामाको प्रमुख आतिथ्यमा भएको शिविरको क्रममा सँस्थाका सचिव मुनिर राईन, उपाध्यक्ष देवकी देवी महतो, कोषाध्यक्ष अरबिन्द कुमार दास, सहसचिव राधा देवी ठाकुर, सदस्यहरुमा मँजुर आलम, अफसाना खातुन, मिथिलेश दास, राजन कापर, फुलगेन यादवसहित चिकित्सकहरुको टोली रहेको थियो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…