युवाहरुको सँस्था कायापलटले ल्याएको ‘कायापलट’
उनले भने, ‘मधेशका युवालाई अवसरका साथै समाजका विषयबारे जानकारी प्रदान गर्न अति आवश्यक भएकोले उनीहरुलाई विविध कार्यक्रमको मार्फत सिकाई प्रक्रियामा जोडेका छौँ ।’ उनका अनुसार युवाहरुलाई कायापलट लर्निङ्ग हव, क्याप व्यभ, ग्रीन टक, स्कुल टू स्कुल लगायत क्रियाकलापको माध्यमबाट जोडेको बताए । यो सँगै सँस्थाको क्रियाकलापबाट प्रभावित हुँदै मधेश प्रदेशका ८ जिल्लामै युवाहरुको वृहत समूह निमार्ण समेत भएको अध्यक्ष राइनले बताए ।

२०८० बैशाख १९ मंगलबार, बिहान ८:२५ बजे४ मिनेट पढाइ

जनकपुरधाम– युवाहरुको सँस्था कायापलटले पछिल्लो समय समूदाय स्तरमा सचेतना फैलाउन तथा नागरिकलाई वातावरणीय प्रभावबारे बुझाउन विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।
जनकपुरधाममा अवस्थित यस कायापलटले जनकपुरधामलाई स्वच्छ, सुन्दर तथा सफा राख्न पर्ने भन्दै प्लास्टिक विरुद्दको अभियान सञ्चालन गर्दै आएको छ ।
जनकपुरधामको विभिन्न स्तरमा नागरिक सचेतना कार्यक्रम तथा खुल्ला बहस र प्रदर्शन गर्दै नागरिकलाई प्लास्टिक प्रयोगको हानि र यसबाट बढ्दै गएको प्रदुषणबारे समेत जनचेतना फैलाउने कार्य गरिरहेको अध्यक्ष कैयुम राईनले कुराकानीमा बताएका छन् ।
उनले प्लास्टिको प्रयोगले गर्दा सहर नै प्लास्टिक सहरमा रुपान्तरण भइसकेकोले सरोकारवालाई थप जवाफदेही बनाउन र सहरलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा गर्नका लागि नागरिक तथा नीति निमार्ण तहमा कार्य गरेको बताए ।
उनले भने, ‘स्थानीय सरकारको योजना पनि सफा सहर बनाउन तिर केन्द्रित छ । तर, नीतिगत सवालमा भने जनकपुरधाम उपमहानगरपालिका पछि परेकोले खबरदारी अनिवार्य भएकोले हामी लागिपरेका छौँ ।’ त्यस्तै राईनले वातावरणीय संरक्षण आम मानिसको कर्तव्य भएकोले आ–आफ्नो स्तरबाट लाग्न पर्ने बताए ।
मधेश प्रदेशका ८ जिल्लामा फैलिएको यस सँस्थामा एक सय ६० बढि ‘क्लाईमेट क्याम्पेनर’ अर्थात वातावरणीय अभियन्ता रहेका छन् । उनीहरुलाई समेत प्रशिक्षित गर्दै कायापलटले आफ्नो स्थानीय तहमा क्रियाकलाप अगाडि बढाउन तथा युवाहरुलाई थप जिम्मेवार बनाउन कार्य गरिरहेको सँस्थाका सँस्थापक दिवाकर उप्रेतीले बताए ।
उनका अनुसार मधेश प्रदेशका हरेक स्थानीय निकायका जनप्रतिनिधिलाई वातावरणमा आएको संकटबारे बुझाउन आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘नगरपालिकामा वातावरण शाखा छ । तर, कार्यक्रम र वातावरणीय प्रकोपलाई समाधान गर्ने योजना छैन् । के छ भने १ कति झाडु छन्, ट्याक्टर छन्, कति सरसफाई कर्मचारी छन् भन्ने तथ्याङ्क संकलन केन्द्र जस्तो भएको छ ।’ उप्रेतीका अनुसार युवालाई थप नेतृत्व प्रदान गर्दै अभियानलाई शसक्त बनाउनु पर्नेमा जोड दिन्छन् ।
कायापलटको ‘प्लास्टिक म्यान क्याम्पेन’
वातावरणमा पछिल्लो दशक यता प्लास्टिकको अत्याधिक प्रयोगका कारण जलक्षेत्र, नदी, कुण्ड, सार्वजनीक स्थान र सहर प्रदुशित हुँदै गएको छ । जथाभावि प्लास्टिक फ्याक्ने र प्लास्टिकको अत्याधिक प्रयोगले गर्दा चौपाया लगायतले पनि खाँदा नकरात्मक असर पर्दै गएको छ । यो सँगै लड्न र जनतालाई प्लास्टिक प्रयोगबाट सचेत गर्न कायापलटले ०७८ असोजदेखि ‘प्लास्टिक म्यान क्याम्पेन’को थालनि गरेको थियो ।
यो अभियान सञ्चालन गरेसँगै स्थानीयहरुले विभिन्न प्रतिक्रिया जनाएको र ‘प्लास्टिक म्यान क्याम्पेन’मा रहेका अभियन्तालाई देख्दा मानिस अगाडि नआउने, कुरा नगर्ने जस्ता समस्या भोगेको बताउँछन्, सँस्थाका सदस्य हिमानी आभ्या । आभ्याका अनुसार मानिसमा के हो, फोहर प्लास्टिक लगाएको छ । पागल पो हो कि १ जस्ता प्रतिक्रिया आएको सम्झिन्छिन् ।
उनले भनिन्, ‘हामीले चाडबाड, भिडबाड र मानिस धेरै भएको समयमा प्लास्टिक म्यान निकाल्ने भएको हुनाले धेरै मानिसले फोटो खिच्ने र कोही कोही आफै सोध्न आउने गर्छन् ।’
अथक मिहिनेत र कर्मठशील टिमका कारण मानिसमा प्लास्टिकको हानि बारे बुझाउन सकेको बताउँछन् अर्का अभियान्ता श्रूती तिवारी ।
यस ‘प्लास्टिक म्यान क्याम्पेन’मा युवाहरुले प्लास्टिककै लुगा लगाउँने र सडकमा पैदल यात्रा गर्ने गरेको तिवारीले बताइन् । उनका अनुसार पाँच समूहको ट्रुप हुन्छ । जहाँ उनीहरु सामूहिक रुपमा भिडभाडमा गएर मानिससँग कुराकानी गर्ने र प्लास्टिकको असरबारे बताउने गरेको जानकारी दिइन् ।

यस अभियानले गर्दा सामाजिक रुपमा युवाहरुमा सचेतना अभिवुद्धि भएको बताउँछिन् वडा १० कि सचिव जमुना भूजेल । भूजेलका अनुसार युवाहरुले गरिरहेको यस्ता कार्यक्रमलाई स्थानीय स्तरबाट पनि प्रोत्साहन गर्नुपर्ने बताइन भने प्लास्टिकलाई न्यूनिकरण तथा बन्द गर्न युवासमूह, नागरिक समाज लगायतसँगको परामर्श जरुरी रेहेको बताइन् ।
रचनात्मक अभियानमा कायापलट
युवाहरुको मानक भनेकै उनीहरु रचनात्मक हुन्छ । उनीहरुले भविष्यलाई हेरेर वर्तमानको खाका कोर्ने गरेको बताइन्छ । त्यस्तै कायापलटका युवाहरुले पनि समाजमा भइ– गरिआइरहेको क्रियाकलापहरुलाई रचनात्मक रुपमा गरेको संस्थापक उप्रेतीले बताए । उप्रेतीका अनुसार युवाहरुलाई चेतना छ तर सचेतना फैलाउन र उनिहरुलाई रचनात्मक रुपमा क्रियाकलापबाट जोडेर नेतृत्व गर्नुपर्नेमा जोड दिए ।
सबैले गरिरहेको कार्य भन्दा रचनात्मक कसरी बनाउन सकिन्छ तथा युवालाई आकर्शित गर्दै समाज रुपान्तरणमा योगदान पु¥याउन सकिन्छ भनेर सोच्दा पहिला प्लास्टिक म्यान क्याम्पेन सुरु गरेका थियौँ तर समुदायलाई थप जोड्न र मनोभावलाई जोड्न यहि अभियानलाई ‘प्लास्टिक म्यान क्याम्पेन’ भनेको उप्रेतीले बताए ।

परिवर्तनका संवाहक बन्दै युवा
युवाहरुको ठूलो जमातमा युवालाई लोकतन्त्र, शिक्षा, मानवअधिकार, जलवायु परिवर्तन तथा शिपमूलक गतिविधिको माध्यमबाट नेतृत्वदायी भूमिकामा लग्ने अभिप्रायले कायापलटको क्रियाकलापहरु चलिरहेको सँस्थाका अध्यक्ष कैयुम राइनले बताए । उनले समय सापेक्षरुपमा युवालाई समाजिक क्रियाकलापमा जोड्न तथा युवाहरुलाई रचनात्मक रुपमा अगाडि बढाउन मिहिनेत गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘मधेशका युवालाई अवसरका साथै समाजका विषयबारे जानकारी प्रदान गर्न अति आवश्यक भएकोले उनीहरुलाई विविध कार्यक्रमको मार्फत सिकाई प्रक्रियामा जोडेका छौँ ।’
उनका अनुसार युवाहरुलाई कायापलट लर्निङ्ग हव, क्याप व्यभ, ग्रीन टक, स्कुल टू स्कुल लगायत क्रियाकलापको माध्यमबाट जोडेको बताए ।
यो सँगै सँस्थाको क्रियाकलापबाट प्रभावित हुँदै मधेश प्रदेशका ८ जिल्लामै युवाहरुको वृहत समूह निमार्ण समेत भएको अध्यक्ष राइनले बताए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…