अब प्रत्येक वर्ष जानकी दशमीमा कमला नदीमा कमला स्नान र दर्शनपान हुने
उक्त धार्मिक समारोहमा कथा वाचक राघव शरण जी महाराज (जानकी घाट अयोध्या) ,कथावाचिका सुनीता शास्त्री (जबलपुर),राम गोविंद दास (कटरा अयोध्या) सहित कैयौँ धार्मिक गुरुहरुको उपस्थिति रहेको थियो ।

२०८० बैशाख १८ सोमबार, बिहान ८:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष मनाउँदै आएको जानकी नवमी जनकपुरधाममा धुमधामसँग मनाइदै आएको छ । जानकीको जन्म भएको जनकपुरधाममा जन्मोत्सवको अवसर पारेर जानकी मन्दिरमा धुमधामका साथ जानकी नवमी मनाइदै आएको छ ।
सोही क्रममा यसपाली जानकीको सखि (साथी) मानिएकी पवित्र कमला नदीको घाटमा सुन्दरकाण्ड वाचन गरिएको छ । जानकीको सबभन्दा नजिकको साथी मानिएको कमला, बिमलाको किम्बदन्ती अनुसार अब प्रत्येक बर्ष कमला तटमा सुन्दरकाण्ड पाठ हुने बताइको छ ।
कमला बचाउ अभियानका सँयोजक विक्रम यादवले जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास बैष्णवले प्रत्येक बर्ष जानकी नवमीपछि दशमी तिथिमा कमला नदीको घाटमा सुन्दरकाण्ड पाठ हुने बताएका छन् ।
आईतबार सयौँ श्रद्धालुहरुले धनुषाको पोर्ताहा घाटमा सुन्दरकाण्ड पाठ गरेको हो । भारतबाट आएका साधुसन्त, देशको विभिन्न स्थानबाट जानकी नवमीमा जनकपुरधाम आएका साधुसन्तले सुन्दरकाण्ड पाठ गरेका छन् ।
कमला बचाउ अभियानको तहत अब प्रत्येक बर्ष कमला तटको विभिन्न स्थानमा सुन्दरकाण्ड पाठ हुने निश्चित भएको अभियानका सँयोजक विक्रम यादवले जानकारी दिए । उनका अनुसार, कमला बचाउ अभियान अन्तर्गत कमलाको धार्मिक अस्तित्व बचाउन माता जानकीको सबभन्दा नजिकको साथी मानिएको कमलामा सुन्दरकाण्ड पाठ हुनु साकारत्मक रहेको बताए ।
नेपालको सिन्धुली, धनुषा, सिरहासहित छिमेकी राष्ट्र भारतको बिहार मधुवनी, दरभँगा, सुपौल, खगरिया, समस्तीपुरमा कमला नदी किसानको लागि एक वरदान रहेको बताए । अहिले बर्षापछि कमला नदी सुक्न थालेपछि यहाँ सुन फल्ने जमिन पनि बँजर बन्दै गएको बताए ।
सुन्दर काण्ड पाठको लागि सोनी चौधरी,युगल प्रिया, निकुंज मंजरी चंचला,स्वामिनी गायिकाले आफ्नो मधुर आवाज़मा सुंदर पाठ गरिन् ।
उक्त धार्मिक समारोहमा कथा वाचक राघव शरण जी महाराज (जानकी घाट अयोध्या) ,कथावाचिका सुनीता शास्त्री (जबलपुर),राम गोविंद दास (कटरा अयोध्या) सहित कैयौँ धार्मिक गुरुहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…