सिरहाः आफ्नै साथीसँग विश्वासघात र लाखौँ रुपैयाँ ठगी गर्ने व्यापारी पप्पु पक्राउ, तीन व्यापारी फरार
नयाँ सिडिओ आएपछि सिडिओले चासो लिएका हुन् । आफ्नै साथी भएपनि व्यापारी पप्पुले लाखौँ रकम भरेर चेक बाउन्स गराएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएर उनीमाथि अनुसन्धान जारी रहेको सिरहाका प्रहरी प्रवक्ताले जनाएको छ ।

२०८० बैशाख १२ मंगलबार, बिहान ११:१५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले आफ्नै साथीसँग विश्वासघात र ठगी गरेको आरोपमा एक जना व्यापारीलाई पक्राउ गरेको छ ।
हुण्डी कारोबार समेत गर्दै आएका व्यापारी पप्पु साहले आफ्नै एक साथीबाट विश्वासको नाममा खाली चेक लिएर आफूखुसी भर्दै ठगी गरेको आरोप छ । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ४ स्थित सँचालनमा रहेको मोडेल नेपाल कृषि फार्मका सँचालक सँजीव साहसँग व्यापारी पप्पुले ठगी र विश्वासघात गरेपछि उजुरी परेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, सिरहाको गोलबजारस्थित रहेको उनको पसलबाटै पक्राउ गरी अनुसन्धान थालिएको हो । सोमबार गोलबजास्थित रहेको सुप्रभात हार्डवेयर पसलबाट उनलाई पक्राउ गरिएको हो ।
आईएमई हुण्डी कारोबार, भारतको दिल्लीमा हुण्डीको कारोबार, सुप्रभात हार्डवेयरमा टायल्स मार्बलको समेत पसल सँचालन गरेका व्यापारी पप्पु साहमाथि कर सम्बन्धी अनुसन्धान हुने बुझिएको छ । भन्सार छली गरि ल्याइएको करोडौँका समान पसलमा राखेर विक्रि वितरण गरेको आरोप समेत छ ।
गोलबजार नगरपालिका वडा नं. ४ बजारस्थित रहेको उनको दुईवटा टायल्स मार्बलको पसल सँचालनमा छ । साथीलाई सहयोग गरे वापत साथीले ब्लैँक चेक दिएका थिए । तर, उनले साथीसँग विश्वासघात र ठगी गरेपछि सँजीव साहले उनीमाथि उजुरी दिएका थिए ।
जिल्ला प्रशासन कार्यालय सिरहाले गत बर्षको माघ १२ गतेमा नै पप्पुसहित अन्य आधा दर्जन व्यक्तिहरुलाई सोधपुछको लागि बोलाएको थियो । फार्म सँचालक सँजीव साहको उजुरीमाथि जिल्ला प्रशासन कार्यालय सिरहाले उनीहरुलाई बोलाएपछि तत्कालिन सिडिओ लालबाबु कवारीले खासै चासो लिएका थिएनन् ।
सोही मुद्दामा गोलबजार र लहानकै व्यापारी भुवनेश्वर साह, नरेश जैन र अरुण कुमार सिँह भने फरार भएका छन् । प्रहरीले उनीहरुलाई खोजतलास जारी राखेको छ ।
नयाँ सिडिओ आएपछि सिडिओले चासो लिएका हुन् । आफ्नै साथी भएपनि व्यापारी पप्पुले लाखौँ रकम भरेर चेक बाउन्स गराएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएर उनीमाथि अनुसन्धान जारी रहेको सिरहाका प्रहरी प्रवक्ताले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…