जनकपुरः नेटवर्किङग मार्केटिँग गरी ठगी गरेको आरोपमा ६ जना पक्राउ
प्रहरीले धनुषा विदेह नगरपालिका–१ का ४० वर्षीय संजिव भिनवार यादव, कमला नगरपालिका–३, लगमाका २५ वर्षीय रंजित नुनिया, जनकपुरधाम उपमहानगरपालिका–१७ का ३३ वर्षीय अन्देश महतो, जनकपुरधाम–१६ का पप्पु पूर्वे, वडा नम्बर १२ का ४८ वर्षीय उसवान अन्सारी र सोही ठाउँका २० वर्षीय मोहमद जिलानी साफीलाई पक्राउ गरेको हो ।

२०८० बैशाख १० आइतबार, राति ८:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा अमेरिकन टलविन लाइफ नेटवर्किङ ब्राउजरबाट ठगी गर्ने ६ जना पक्राउ
जनकपुरधाम । धनुषा प्रहरीले अनलाइन ठगी गर्ने ६ जनालाई पक्राउ गरेका छन् । धनुषा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी ६ जनालाई सार्वजनिक गरेको हो ।
उनीहरूले अमेरिकन टलविन लाइफ नेटवर्किङ ब्राउजरबाट एक हजार ९१ जनालाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो व्यक्तिहरूबाट चार हजार ५०० नेपाली रुपैयाँको दरले करिब ४९ लाख ९ हजार ५०० रुपैयाँ रकम ठगी गरेको धनुषाका प्रहरी उपरीक्षक ‘एसपी’ विश्वराज खड्काले जानकारी दिए ।
प्रतिव्यक्तिबाट ३० रुपैयाँ अमेरिकी डलर लिएर चयनमा जोड्ने र अन्य व्यक्तिलाई पनि नेटर्वकिङमा आबद्ध हुन उनीहरूले प्रलोभन दिने गरेका थिए । सोबापत पहिलो व्यक्ति प्रत्यक्ष सदस्य बनाउनेले ५० प्रतिशत कमिसन आउने गरेको थियो भने बाँकी कम्पनीलाई जान्थ्यो ।
प्रहरीले धनुषा विदेह नगरपालिका–१ का ४० वर्षीय संजिव भिनवार यादव, कमला नगरपालिका–३, लगमाका २५ वर्षीय रंजित नुनिया, जनकपुरधाम उपमहानगरपालिका–१७ का ३३ वर्षीय अन्देश महतो, जनकपुरधाम–१६ का पप्पु पूर्वे, वडा नम्बर १२ का ४८ वर्षीय उसवान अन्सारी र सोही ठाउँका २० वर्षीय मोहमद जिलानी साफीलाई पक्राउ गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…