मिसन उमेशः अभियन्ता रायलाई सघाउन पुगे मिथिला एकता समाज
बिनय यादव | सिरहा, ३१ बैशाख । पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड सुनाइएका धनुषाका उमेश यादवको मुद्दाका कागजातहरु सहित ग्रोविँग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज राय साउदी पुगेका छन् । साउदी अरब पुगेका सामाजिक अभियन्ता सरोज रायलाई सघाउन बिदेशी मुलुकबाट समेत समाजिक कार्यमा सक्रिय अभियन्ता बिन्

२०७५ बैशाख ३१ सोमबार, दिउँसो १२:११ बजे२ मिनेट पढाइ

बिनय यादव |
सिरहा, ३१ बैशाख । पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड सुनाइएका धनुषाका उमेश यादवको मुद्दाका कागजातहरु सहित ग्रोविँग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज राय साउदी पुगेका छन् ।
साउदी अरब पुगेका सामाजिक अभियन्ता सरोज रायलाई सघाउन बिदेशी मुलुकबाट समेत समाजिक कार्यमा सक्रिय अभियन्ता बिन्देश्वर यादव, बिसुन यादव र जितेन्द्र साहले साउदी अरबको निमित्त नेपाली राजदूत महेन्द्र सिंह राजपुतको निवासमा पुगेर भेटवार्ता गर्नुभएको छ ।
आईतवार दिउँसो नेपालबाट साउदीतर्फ प्रस्थान गरेका अभियन्ता राय आज बिहान साउदी अरब पुगेका हुन् ।
पीडित पाकिस्तानी परिवारले दिएको क्षमापत्र साउदी अदालतमा बुझाउनका लागि साउदी अरब पुगेका अभियन्ता रायसँग हातेमालो गर्न उनीहरू त्यहाँ पुगेको हो ।
साउदी अरबमा रहेका नेपालीहरुको साझा संगठन मिथिला एकता समाजका सदस्य समेत रहेका बिसुन यादवले अभियन्ता रायलाई सहजताको लागि एउटा सिमकार्ड समेत प्रदान गर्नुभएको छ ।
साउदी अदालतले पीडित परिवारबाट क्षमापत्र आए ब्लडमनी लिएर उमेश यादवको जीवनरक्षा हुनसक्ने जानकारी दिएको कुरा यसअघि नै सामाजिक अभियन्ता रायले सार्वजनिक गरेका थिए ।
उनको जीवनरक्षाका लागि देश विदेशमा रहेका नेपालीहरुले ब्लडमनीका लागि तीब्र रुपमा रकम जम्मा गरिरहेका छन् ।
उमेश यादव बचाउ अभियानका लागि उपलब्ध भइरहेको रकम पूर्ण पारदर्शी रहेको अभियन्ता रायले जनाउँदै आएका छन् ।
यता, उमेश बचाउको लागि नभई नहुने नाता प्रमाणितका कागजातहरु न्यूज ब्यूरोले परराष्ट्र मन्त्रालयको काउन्सेलर विभाग मार्फत सउदी पठाउने प्रयास गरेका छन् ।
रायले नाता प्रमाणितको लागि कागजात माग गरेपछि न्यूज ब्यूरो टिमले उमेशको घर पुगेर स्थानीय सरोकारबालाहरुको सक्रियता र सहयोगमा उक्त कागजातहरु तयार पारिसकेका छन् ।

तयार पारिएका कागजातहरु सोमबार नै परराष्ट्र मन्त्रालयको काउन्सेलर विभाग मार्फत सउदी पठाउने प्रयास रहेको छ । राय सउदी पुगेपछि ती कागजातहरु पठाइदिन भनेपछि न्यूज ब्यूरोले कागजात काठमान्डौबाट परराष्ट्र मन्त्रालयको काउन्सेलर विभाग मार्फत सउदीसम्म पुरयाउने प्रयास जारी राखेका छन् ।

उमेश बचाउको लागि माफीनामाको विकल्पमा योक कागजातले समेत उर्जा थप्ने भएपछि यी कागजातहरु परराष्ट्र मन्त्रालयको काउन्सेलर विभागमा माग गरिएको थियो ।
कागजातमा उमेशसँगको आमा बाबुको नाता, श्रीमति, छोराछोरी सहितको प्रमाणित र फोटो सहित उल्लेख गरिएको छ ।

धनुषा कमला नगरपालिका वडा नं. ३ बस्ने उमेशलाई ती कागजात तयार पार्न वडाध्यक्ष विशेश्वर यादव र नगरपालिकाका प्रमुख राम उदगार गोईतले वडा सचिव युगल किशोर यादवको विशेष सक्रियतामा अधिकारीक हस्ताक्षर र छाप लगाई कागजातलाई पूर्णता दिएका हुन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…