प्रेस सेन्टरको लेटरप्याड दुरुपयोग गरी पैसा असुली, कारवाहीको चेतावनी
प्रेस सेन्टर नेपाल सर्लाहीको नवगठित कार्य समितिका अध्यक्ष सिंहबहादुर थापा (श्रवण) ले हस्ताक्षर गरी सोधेका स्पष्टिकरणको बोधार्थ प्रेस सेन्टरको मधेश प्रदेश र केन्द्रीय समितिलाई पनि पठाइएको छ ।

२०८० बैशाख ६ बुधबार, बिहान ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सर्लाहीले आफ्नो लेटरप्याड र लोगो दुरुपयोग गरी पैसा असुल्ने काम भइरहेको प्रति गम्भीर आपत्ति जनाएको छ ।
प्रेस सेन्टर सर्लाहीले मंगलबार एक पत्र सार्वजनिक गर्दै एसपी गौरव भन्ने शंकर पहाडी र रितिक अधिकारीलाई सो कार्य तत्काल बन्द गरी ३ दिनभित्र स्पष्टिकरण दिन भनेको छ । मंगलबार बसेको प्रेस सेन्टर नेपाल सर्लाहीको आकस्मिक बैठकले पहाडी र अधिकारीले गरेको गतिविधि संगठनको विधान र भावना विपरीत रहेको ठहर गर्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
सो स्पष्टिकरण पत्रमा गौरव र अधिकारीले गरेका क्रियाकलाप कारवाहीको भागिदार रहेकाले ३ दिनभित्र स्पष्टिकरण बुझाउन, अन्यथा कारवाही हुने चेतावनी दिइएको छ । गत चैत ८ गते बागमतीमा संगठनको दोस्रो विशेष सम्मेलन गरी सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा पहाडीले आफूलाई अध्यक्ष र अधिकारीले सचिव दावी गरी संगठनको छाप र लेटरप्याड दुरुपयोग गरी संगठनको जिल्ला सम्मेलन गर्नु पर्ने छ भनी पैसा असुल्दै हिँडेको व्यहोरा स्पष्टिकरणमा उल्लेख छ ।
प्रेस सेन्टर नेपाल सर्लाहीको नवगठित कार्य समितिका अध्यक्ष सिंहबहादुर थापा (श्रवण) ले हस्ताक्षर गरी सोधेका स्पष्टिकरणको बोधार्थ प्रेस सेन्टरको मधेश प्रदेश र केन्द्रीय समितिलाई पनि पठाइएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…