तीन वटा वडामा एउटै सचिव
नगरपालिकाको वडा नं १ मा वडा सचिव भए पनि बाँकी वडामा भने २ देखि ३ वडाको जिम्मेवारी एउटै सचिवले लिनुपर्ने बाध्यता रहेको स्वीकार गर्दै अब छिट्टै यो समस्या समाधान गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृले बताए ।
२०७९ चैत २९ बुधबार, बेलुकी ६:२९ बजे१ मिनेट पढाइ

शम्भु पण्डित, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा कर्मचारीको अभाव हुँदा एउटै सचिवले तीन वटा वडामा सेवा दिनुपर्ने बाध्यता छ। एउटा वडा सचिवले फरक फरक वडामा सेवा दिँदा आफूलगायत स्थानीयवासीलाई समस्या हुने गरेको वडाका वडा सचिवको भनाइ छ ।
२०७२ सालदेखि १,२,३,र १२ वडा समहालदै आएको छु वडा सचिव सेवाग्राहीको कामको चाप परेपछि कहिले त वडामा समस्या १२ वडाको पनि कामकाज यही चैत ८ गते छाडिएको छु । कामको चाप बढेपछि पानी पिउन पनि कठिनाइ हुँदै आएको बताए ।
जति हाकिम आए मैले मौखिक पहिलोपल्ट भने र सुन्निने भने म लिखित दिएर पठाएको छु । सबैला नगरपालिकामा म एकल नै कर्मचारी म नै पिडीत छु सबै सचिव मध्य तर पनि काम गर्दै आएको छु, वडा सचिव कामेशवर महासेठले थपे मेरो काम चाहिँ म जसोतसो गरिरहेका हुँ ।
एउटै सचिवले तीन वटा वडामा सेवा दिनु परेका कारण सबैला नगरपालिकाका वडाहरूको काम अस्तव्यस्त पाइएको छ। वडा सचिवहरूले दिन बिराएर सेवाग्राहीलाई सेवा दिइरहनु परेको छ। सेवाग्राहीहरूलाई कुन वडामा कुन बार सचिव आउने जानकारी नहुँदा निकै सास्ती हुने गरेको छ।
उक्त नगरपालिकाका सचिव कामेशवर महासेठले वडा नं १, २ र ३ वडाको पनि काम गरी जिम्मेवारी बहन गरी राखेका छन्।
नगरपालिकाको वडा नं १ मा वडा सचिव भए पनि बाँकी वडामा भने २ देखि ३ वडाको जिम्मेवारी एउटै सचिवले लिनुपर्ने बाध्यता रहेको स्वीकार गर्दै अब छिट्टै यो समस्या समाधान गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शम्भु पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…