पूर्वमन्त्री खानलाई निलम्बन गर्न राष्ट्रिय एकता अभियान र जसपा पक्षधरहरुको माग
सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूका यस्ता अनैतिक हर्कतले समाजलाई विकृत र विसंगत बनाउन अझ बढी मलजल गर्ने, सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूको निजी जीवन पनि सरल र आदर्शवान हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ।

२०७९ चैत २४ शुक्रबार, बेलुकी ६:५४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । हिन्दुवादी संगठन रहेको राष्ट्रिय एकता अभियानले सरकार पूर्व खानेपानी मन्त्री अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ।
जनमत पार्टीबाट समानुपाति साँसद समेत रहेका खानको हनिट्रयापमा पारी रेकर्ड गरिएको भिडियो तथा साँसद खानले समेत गरेको अश्लिल हर्कतको भिडियो बाहिरिएपछि उनलाई कावाहीको लागि राष्ट्रिय एकता अभियानले माग गरेको हो ।
शुक्रबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई राष्ट्रिय एकता अभियानसहित जनता समाजवादी पार्टी (जसपा) नेपालका पक्षधरहरले ज्ञापन पत्र बुझाएका हुन् ।
सांसद खानले कुनै महिलासँग एक भिडियो कलमा देखिएको र अश्लील हर्कत गरेको भिडियो समाजिक सँजालमा बाहिरिएपछि उनलाई कारवाहीको माग गरिएको हो । सांसदजस्तो सार्वजनिक जीवनमा रहेका व्यक्तिको यस्तो हर्कत क्षमायोग्य नरहेको अभियानले ज्ञापन पत्रमा उल्लेख गरेको छ।
‘जनमत पार्टीका समानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले एक महिलासँग गरेको अश्लील हर्कतको श्रव्य–दृश्य सामग्री ९भिडियो० अहिले सामाजिक सञ्जालहरूमा यत्रतत्र भाइरल भइरहेको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘उहाँको यस हर्कतले नेपालको संसदीय व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीकै शीर निहुरिएको छ।’

सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूका यस्ता अनैतिक हर्कतले समाजलाई विकृत र विसंगत बनाउन अझ बढी मलजल गर्ने, सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूको निजी जीवन पनि सरल र आदर्शवान हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ।
‘सांसद खानको यस हर्कतले भने समाजलाई अझ बढी विसंगत र विकृत बनाउन मलजल गरेको छ। उहाँ सजायको भागिदार हुनुहुन्छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘तसर्थ, उहाँलाई तत्काल सांसद पदबाट निलम्बन गरी कानूनी कारवाही अगाडि बढाउन हामी सम्माननीय सभामुख महोदयलाई हार्दिकतापूर्वक अनुरोध गर्दछौं।’ ज्ञापन पत्र बुझाउन अभियानका अध्यक्ष सहित उपाध्यक्ष सुनीता साह, केंद्रीय सदस्य चन्द्र यदुवंशी, मिना देवी साह, राष्ट्रीय विधार्थी परिषद का महासचिव पप्पू यदाव लगायत को टोली सभामुख निवास गएको थियो।
उनीहरु जसपाका कार्यकर्ता समेत रहेका छन् । समाजिक सँजालमा उनीहरुले बारा २ को चुनावलाई लिएर विभिन्न टिकाटिप्पणीमा सहभागी हुने गरेका छन् ।
केही दिन अगाडी मात्र जनता समाजवादी पार्टी (जसपा) नेपालका सप्तरी जिल्ला अध्यक्ष केदार प्रसाद यादवले गाउँकै एक किशोरीको अर्धनग्न भिडियो खिचेर समाजिक सँजालमा हालेका युवकलाई बचाउन गर्न जाँदा जिल्ला प्रहरी कार्यालयमा कुटपिट भएको थियो ।
किशोरी आफ्नै घरमा नुहाईरहँदा जसपाका प्रत्यासी वडाध्यक्षका छोराले सो भिडियो खिचेर टिकटोकमा पोष्ट गरेको थियो । सोही प्रकरणमा ती युवकलाई छुटाउन गएका जिल्ला अध्यक्ष यादवलाई ईन्सपेक्टरले कुटपिट गरेको थियो ।
यस्ता प्रकरणमा राष्ट्रिय एकता अभियानले कुनै चासो नलिएको तथा दलगत हिसाबले पक्षपात गरेको टिकाटिप्पणी समाजिक सँजालमा गरिएको छ । ज्ञातव्य छ, केही दिन अगाडी मात्र महोत्तरीको पिपरास्थित जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्षले हनुमानजीको मन्दिर तोडफोड गराएका थिए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…