जनकनन्दिनीको मावि खजुरीमा आसमान नेपालको ICT तालिम
तालितमा शिक्षक र विद्यार्थीलाई मृत्यु र घाइते हुनबाट बचाउने, विपद्पछि विद्यालयलाई निरन्तरता दिनसक्ने वातावरण तयार गर्ने, शिक्षामा गरिने लगानीको सुरक्षा सुनिश्चित गर्ने वातावरण बनाउने, शिक्षाका माध्यमबाट विपद् जोखिम न्यूनीकरण र उत्थानशीलता सशक्तीकरण गर्ने सम्बन्धी प्रकाश पारिएको थियो ।

२०७९ चैत २४ शुक्रबार, बेलुकी ७:४० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित समाजिक सँस्था आसमान नेपालले आईसिटी तालिम सम्पन्न गरेको छ । आसमान नेपालको आयोजनामा भएको तालिम तीनदिनसम्म चलेको हो ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित सिकाई परियोजना अन्तर्गत जनकनन्दिनी गाउँपालिका वडा नंः ४ खजुरीस्थित रहेको मा. वि.खजुरी चन्हामा तिनदिने तालिम सम्पनन गरेको हो ।
तीन दिन सुरक्षित बिधालय फ्रेमवर्क कार्यन्वयन कार्यविधि तालिम र तीनदिन सुचना संचार प्रविधि तालिम संचालन गरी समापन गरिएको आसमान नेपालका कार्यक्रम सँयोजक सँजीव कुमार साहले जानकारी दिए ।
प्रविधिको विकाससँगै विद्यालय जस्तो क्षेत्रमा समेत प्रविधिको उत्तम पहुँच र बालबालिकाहरुको मागको विषयलाई केन्द्रीत गर्दै सुरक्षासहित प्रविधिमैत्री कक्षाकोठा सँचालनको लागि समेत तालिममा सिकाइएको थियो ।
कार्यक्रम सँयोजक साहले भने–“कक्षाकोठामा एउटा स्थान हो । जहाँ शिक्षकहरुले प्रभावकारी शिक्षण सिकाईको लािग विभिन्न किसिमको साधानहरुको प्रयोग गरिरहेको हुन्छ । वर्तमानमा कक्षाकोठा भित्र पाठ्यपुस्तक, बल्याकबोड÷ह्वाइटबोर्ड , भित्तेलेखन जस्ता शैक्षिक सामग्रीहरुको प्रयोग भईरहेको हुन्छ । यसले गर्दा कक्षाकोठा एउटा कारखानामा तवदिल भएको हुन्छ । उनिहरुले सिकाइलाई समुदाय तथा व्यवहार परिवर्तन गर्नबाट बन्चित भईरहेको हुन्छ । तसर्थ बदलिँदो परिस्थितीमा कक्षाकोठा एउटा प्रयोगशाला भएको छ । आईसिटी प्रयोग गर्नुको अर्थ विश्वलाई आधुनिक प्रविधिहरु मोवाईल, कम्पुटर, मल्टिमिडिया, इन्टरनेट, प्रोजेक्टर, डिजिटल बोड जस्ता सामग्रीहरु मार्पmत सहजीकरण गरी प्रतिदिन बालबालिकाहरुमा शैक्षिक रुपान्तरण गर्दै जानु उदेश्य छ ।”

प्रविधिमैत्री अध्ययन अध्ययापनले गर्दा विद्यार्थीहरुले सिकाईलाई जिवन्त रुपमा अनुभव गर्न सक्ने तथा सिकाइलाई आत्म साथ गर्न सक्ने विश्वास साहले जनाए ।
कक्षाकोठामा तालिम अवधीको सिकाईलाइै प्रयोग गरेर सिकाइलाई कारखानाबाट समुदायमा रुपान्तरण गर्नु लक्ष्य राखेको कार्यक्रम सँयोजक साहले थपे ।
सो क्रममा जनकनन्दिनी गाउँपालिका र विदेह नगरपालिकाको १५ वटा विद्यालयका ३० जना शिक्षकहरुलाई तालिम दिएको हो ।
तालितमा शिक्षक र विद्यार्थीलाई मृत्यु र घाइते हुनबाट बचाउने, विपद्पछि विद्यालयलाई निरन्तरता दिनसक्ने वातावरण तयार गर्ने, शिक्षामा गरिने लगानीको सुरक्षा सुनिश्चित गर्ने वातावरण बनाउने, शिक्षाका माध्यमबाट विपद् जोखिम न्यूनीकरण र उत्थानशीलता सशक्तीकरण गर्ने सम्बन्धी प्रकाश पारिएको थियो ।
तालिममा विद्यालयका प्रधानाध्यापक हरिलाल सहनी, सुनिल पासवान, विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकासहित अन्य कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…