मोदीलाई १२१ किलोको माला सहित जनकपुरको साँचो बुझाइयो !
न्यूज ब्यूरो | जनकपुरधाम, २८ बैशाख । जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई १२१ किलोको फूलमालाले स्वागत गर्दै जनकपुरको साँचो बुझाइएको छ । अतिथि देवो भव भन्दै मिथिलाको सँस्कार अनुसार पाहुनालाई घरको साँचो बुझाउने परम्परा अनुसारै १२१ किलोको माला लगाउँदै जनकपुरको साँचो बुझाइएको हो ।

२०७५ बैशाख २८ शुक्रबार, दिउँसो १:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २८ बैशाख । जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई १२१ किलोको फूलमालाले स्वागत गर्दै जनकपुरको साँचो बुझाइएको छ ।
अतिथि देवो भव भन्दै मिथिलाको सँस्कार अनुसार पाहुनालाई घरको साँचो बुझाउने परम्परा अनुसारै १२१ किलोको माला लगाउँदै जनकपुरको साँचो बुझाइएको हो ।

जनकपुर उद्योग वाणिज्य सँघद्धारा १ सय २१ किलोको माला प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत सहित प्रदेश प्रमुख, जनकपुरका मेयर लगायतले सँयुक्त रुपमा लगाएका छन् भने जनकपुरको साँचो मेयर लालकिशोर साहले मोदीलाई सुम्पेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…