'जनकपुर-अयोध्या' बसलाई मोदीको हरियो झण्डी, बाह्रविघा मैदान पुगे
न्यूज ब्यूरो | जनकपुरधाम, २८ बैशाख । जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक "जनकपुर -अयोध्या " बस सेवालाई हरियो झण्डी देखाएका छन् । विश्वप्रसिद्ध जानकी मन्दिरमा पूजा सम्पन्न गर्दै प्रधानमन्त्री मोदीले रामायण सर्किटको घोषणा गर्दै जनकपुर अयोध्या बस सेवा सँचालन समेत गरेका छन

२०७५ बैशाख २८ शुक्रबार, दिउँसो १२:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २८ बैशाख । जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक "जनकपुर -अयोध्या " बस सेवालाई हरियो झण्डी देखाएका छन् ।
विश्वप्रसिद्ध जानकी मन्दिरमा पूजा सम्पन्न गर्दै प्रधानमन्त्री मोदीले रामायण सर्किटको घोषणा गर्दै जनकपुर अयोध्या बस सेवा सँचालन समेत गरेका छन् ।
जनकपुर अयोध्या मैत्री बस सेवाबाट जनकपुरदेखि अयोध्यासम्म सिधा बस सेवा सँचालन भएको छ ।
मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई भाई भन्दै जनकपुर आएर स्वागत गरेकोमा धन्वाद ज्ञापन समेत गरेका छन् ।
भर्खरै जनकपुको रँगभूमि मैदान बाह्रविघामा राखिएको नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुन बाह्रविघा मैदान पुगेका छन् ।
केहीबेरमा जनकपुरवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…