सिरहाको चोहर्बामा भव्य पहलवानी, भारतीय पहलवानले जिते तक्मा
पहिलो पुरस्कार ५ तोला चाँदी र दोस्रो पुरुसकार २.५ तोला चाँदीको सिल (तक्मा) रहेको थियो । सो पुरस्कार नेपाली कांग्रेसका प्रत्यासी सिरहा निर्वाचन क्षेत्र नं. ३ का प्रदेश साँसदका उम्मेदवार राम सगुन यादवले हस्तान्तरण गरेका थिए ।

२०७९ चैत १८ शनिबार, राति १०:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको नयाँ चोहर्बास्थित आयोजना गरिएको चैती दुर्गा मेलाको अन्तिम दिन भव्य कुस्ती (पहलवानी) भएको छ ।
मेला समितिले मेला आयोजनको साथै मधेशको पुरानो पहिचान मानिएको पहलवानी अर्थात कुस्ती प्रतियोगिता समेत राखेका थिए । वडा नं. ३ का वडाध्यक्ष रुस्तम अन्सारीले सो पहलवानी खेलको उदघाटन गरेका थिए ।
दिउँसैदेखि सुरु भएको कुस्तीमा दिग्गज पहलवानहरुले आफ्नो प्रदर्शन देखाएका थिए । अन्तिमसम्म भारत उत्तर प्रदेशको पहलवानले खेल लम्बयाएका थिए । शनिबार अन्तिम दिन अन्तिम समयमा कुस्ती खेलमा रितेश यादव र नितिस यादवबीच भएको थियो । अन्तिम खेलमा पहिलो पुरस्कार रितेश यादव गाजिपुरले प्राप्त गरेको हो भने दोस्रो पुरुशकार नितिस यादवले दिल्लीका पहलवानले पाएका हुन् ।

पहिलो पुरस्कार ५ तोला चाँदी र दोस्रो पुरुसकार २.५ तोला चाँदीको सिल (तक्मा) रहेको थियो । सो पुरस्कार नेपाली कांग्रेसका प्रत्यासी सिरहा निर्वाचन क्षेत्र नं. ३ का प्रदेश साँसदका उम्मेदवार राम सगुन यादवले हस्तान्तरण गरेका थिए ।
अन्तिम दिन हजारौंको संख्याको सर्वसाधारणहरुको भीडबीच नयाँ चौक चोहर्वामा कुस्ती सहित चैती दुर्गा मेला सम्पन्न भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…