मोदीसँगै 'कुर्ता - पैजामा' मा जनकपुर आए केपी ओली
न्यूज ब्यूरो | जनकपुरधाम, २८ बैशाख । भारतीय प्रधानमन्त्रीलाई जनकपुरमा स्वागत गर्न आतुर भएर आएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आज मधेस मिथिला पहिचानको पोशाक "कुर्ता - पैजामा" मा देखिएका छन् । सधैं दाउरा सुरुवाल एवम् कोट पाईन्टमा देखिने प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरमा कुर्ता पैजामा सहित ग

२०७५ बैशाख २८ शुक्रबार, दिउँसो १२:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २८ बैशाख । भारतीय प्रधानमन्त्रीलाई जनकपुरमा स्वागत गर्न आतुर भएर आएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आज मधेस मिथिला पहिचानको पोशाक "कुर्ता - पैजामा" मा देखिएका छन् ।
सधैं दाउरा सुरुवाल एवम् कोट पाईन्टमा देखिने प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरमा कुर्ता पैजामा सहित गम्छा आढेर चिटिक्क परेको देखियो ।

मोदीको जनकपुर भ्रमणको क्रममा विहानै जनकपुरको जनक दरबार आएका प्रम ओली मोदीजस्तै भेषभूषामा सुज्जित देखिएका हुन् ।
भारत र नेपालको मधेसको भेषभूषा मिल्दोजुल्दो भएपनि आज देखिएको प्रमको पहिरन भने शुद्ध मधेसी पोशाक हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…