जानकी शरणमा मोदी : जय जनकपुरधाम, जय जानकी र मोदी- मोदी गुञ्जिदै
केही बेरपछि जानकी मन्दिरमा विशेष पूजा आरम्भ हुनेछ !

२०७५ बैशाख २८ शुक्रबार, बिहान ११:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २८ बैशाख । जय जनकपुर, जय माता सीता, जय जानकी, मोदी मोदी भनेर अहिले नेपालको जनकपुरधाममा ध्वनी गुञ्जायमान भएको छ ।
केही बेर अघि मात्र जनकपुर विमानस्थलमा अवतरण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले भर्खरै विश्वप्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाआजाको लागि प्रवेश गरेका छन् ।
प्रधानमन्त्री मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत स्वागत गर्दै जानकी मन्दिरका बडा महन्थ र छोटा महन्थलाई विशेष स्वागतको जिम्मेवारी दिइएको हो ।
जानकी मन्दिर सहित आसपासका क्षेत्रलाई सुरक्षाकर्मीले ५ तहको सुरक्षा घेरा हालेको छ ।
केही बेरपछि जानकी मन्दिरमा विशेष पूजा आरम्भ हुनेछ भने पूजाआजापछि जनकपुरको रँगभूमि मैदानमा नागरिक अभिन्दन कार्यक्रममा सहभागी हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…