जनकपुरको रामजानकी मैदानमा प्रदेशस्तरीय क्रिकेट मेयरकप टुर्नामेन्ट हुँदै, प्रवेश निःशुल्क
पत्रकार सम्मेलनमा जनकपुरधामका विभिन्न वडाका वडाअध्यक्षहरु, धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डे, अन्तराष्ट्रिय क्रिकेट प्रशिक्षक नविन सिंह, खेलप्रेमीहरु आशिष झा, सरोज मिश्र, आकाश पाण्डे सहितको उपस्थिती थियो ।

२०७९ चैत १५ बुधबार, बिहान ७:३४ बजे१ मिनेट पढाइ

अजय कुमार पण्डित, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदेश स्तरीय क्रिकेट प्रतीयोगिता मेयरकप २०७९ हुने भएको छ ।
मधेश प्रदेशको आठवटै जिल्लाको टिमहरु सहित कुल १२ टिमहरुको सहभागितामा जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गर्न लागेको प्रतियोगिता आगामी चैत २३ गते देखि हुने भएको छ ।
जनकपुरधामको वडा नम्बर १४ रजौल स्थित प्रस्तावित श्रीरामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशालामा आयोजना हुने क्रिकेट प्रतियोगिताले प्रस्तावित रंगशाला निर्माण अभियानको आधारस्तम्भको रुपमा लिइएको छ ।
कुल ३७ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगीतामा धनुषा जिल्ला क्रिकेट संघको समन्वय र फ्याक्ट नेपालको सहकार्य रहेको बताइएको छ । लिग चरणमा खेलाइने कुल १० खेलहरु दैनिक एक एक गरि १० दिन सम्म आयोजना हुने छ । चैत २३ गते विश्व खेल दिवस परेकाले सोहि अवसरमा प्रतियोगीताको समुदघाटन गरिनेछ ।

अन्तराष्ट्रिय विकास र शान्तिका लागि खेलकुद मुल नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा धनुषा र महोतरीका मेयर तथा सांसद विरुद्व पत्रकारहरुको मैत्रीपुर्ण खेलको समेत आयोजना हुने जनकपुरधामका मेयर मनोज कुमार साहले बताए ।
धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डेले प्रतियोगितामा सहभागि हुन कुनै पनि शुल्क नलाग्ने बताउँदै प्रतियोगीता जित्ने टिमले २ लाख ५१ हजार र उपविजेताले १ लाख ५१ हजार पुरस्कार सहित आकर्षक ट्रफी जित्ने बताए ।
त्यसैगरि म्यान अफ दि सिरिजले २५, उत्कृष्ट बलर र बल्लेबाजले क्रमश दशरदश हजार र म्यान अफ दी म्याचले ३ हजार नगद पुरस्कार पाउने छ । मधेशको आठ जिल्लाको आठ टिम र अन्य प्रदेशहरु कोशी, बागमती, गण्डकी र लुम्बिनीको टिमहरुको सहभागिता रहने उनले बताए ।
पत्रकार सम्मेलनमा जनकपुरधामका विभिन्न वडाका वडाअध्यक्षहरु, धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डे, अन्तराष्ट्रिय क्रिकेट प्रशिक्षक नविन सिंह, खेलप्रेमीहरु आशिष झा, सरोज मिश्र, आकाश पाण्डे सहितको उपस्थिती थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…