धनुषाको गणेशमानचारनाथ नगरपालिकामा नयाँ अधिकृत गोबिन्द पौडेल हाजिर
प्रशासनीक कार्य कुशल सम्पादनको लागि चिनिएका अधिकृत पौडेलले कार्यभार सम्हालेपछि कार्ययोजनाहरु कुशल पूर्वक सम्पादन हुने विश्वास जनाए । सो क्रममा मेयर, उपमेयरले शून्य बेरुजुमाथि काम गर्न निर्देशनसहित शुभकामना दिए ।

२०७९ चैत १२ आइतबार, दिउँसो ४:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । उत्तरी धनुषाको गणेशमान चारनाथ नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा गोविन्द पौडेल हाजिर भएका छन् ।
आईतबार नगरपालिकाका मेयर जीतनारायण यादवले अधिकृत पौडेललाई हाजिर गराएको हो । यसअघि सोही नगरपालिकाका ईन्जिनीयर लखनदेव यादवले आर्थिक र प्रशासनीक कार्यभार सम्हाल्दै आएका थिए ।
आईतबार दिउँसो मेयरसहित उपमेयर तुलसा पाण्डे, ईन्जिनीयर लखनदेव यादव, लेखा अधिकृत शिवनारायण साहसहित नगरपालिकाका कर्मचारीहरुको रोहबरमा अधिकृतले हाजिरी गरेका हुन् ।
प्रशासनीक कार्य कुशल सम्पादनको लागि चिनिएका अधिकृत पौडेलले कार्यभार सम्हालेपछि कार्ययोजनाहरु कुशल पूर्वक सम्पादन हुने विश्वास जनाए । सो क्रममा मेयर, उपमेयरले शून्य बेरुजुमाथि काम गर्न निर्देशनसहित शुभकामना दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…