मोदीको जनकपुर भ्रमणमा भाषा विवाद, एमाले बने "भिलेन" !
न्यूज ब्यूरो | जनकपुरधाम, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधामबाट प्रारम्भ हुन लागेको दुई दिवसीय भ्रमणमा नागरिक अभिनन्दमा प्रयोग गरिने भाषा विवाद देखिएको छ । मोदी भ्रमणलाई सत्तारुढ नेकपा एमालेले सहज रुपमा पचाउन सकेका छैनन् । मोदीलाई नेपाली भाषामा मात्र अभिनन्दन गर्न एमाले र सरका

२०७५ बैशाख २८ शुक्रबार, बिहान ९:१८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधामबाट प्रारम्भ हुन लागेको दुई दिवसीय भ्रमणमा नागरिक अभिनन्दमा प्रयोग गरिने भाषा विवाद देखिएको छ ।
मोदी भ्रमणलाई सत्तारुढ नेकपा एमालेले सहज रुपमा पचाउन सकेका छैनन् । मोदीलाई नेपाली भाषामा मात्र अभिनन्दन गर्न एमाले र सरकारको दवाव अत्यधिक बढेको छ भनेर जनकपुरबाट प्रकाशित हुने आजको जनकपुर टुडे दैनिक पत्रिकामा समाचार प्रकाशित गरिएको छ ।
मञ्च सञ्चालन लगायतमा समेत हिन्दी प्रयोग नगर्न सरकारले प्रदेश र जनकपुर उपमहानगर पालिकामाथि दबाब बढाएको छ ।
मधेस विरोधी भनेर कहलिएका एमाले नेताहरुको सुचीमा अग्रपंग्तीमा रहेका भीम रावलले नेपाली बाहेकको भाषामा अभिनन्दन पत्र वाचनगर्दा संविधान विपरित हुने भन्दै टिवट्र मार्फत असहमति जनाएका थिए ।
भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दन समारोहमा उद्घोषण हिन्दीमा नगर्न सरकारबाट चरम दबाब सृजना गरिएको छ ।
तर प्रदेश सरकारका वरिष्ठ मन्त्री जितेन्द्र सोनल अडानबाट टसमस भएका छैनन् । एमालेका बुद्धिजिवी र सञ्चारकर्मीहरुले हिन्दी भाषामा उद्घोषण गर्न नदिन समाजिक सञ्जालका भित्ताहरुमा आफ्ना असन्तुष्टि पोखिरहेका छन् ।
अभिनन्दन समारोहका अध्यक्षता गर्ने मुख्यमन्त्री लालबाबु राउतपनि समापन भाषण हिन्दीमा नै गर्ने बुझिएको छ । अभिनन्दन गर्ने जनकपुर उपमहानगर पालिकाका मेयर लालकिसोर साहले मैथिली भाषामा वाचन गर्ने र नेपाली, हिन्दी, अंग्रेजी भाषामा तयार गरिएको अभिनन्दन पत्र सोझै हस्तांतरण गरिने बताए ।
मोदीलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वयं आउने र वरिष्ठ मन्त्री ईश्वर पोखरेलसँगै रहने तर कार्यक्रम स्थलमा मानिसहरुलाई नजान सुझाव दिने दोहरो चरित्र एमालेको देखिएको छ ।
एमालेले सप्तरी र सिरहा जिल्लामा मानिसहरुलाई घरमै टीभीमा प्रत्यक्ष देख्न सुझाव दिन थालेका छन् ।केहि जिल्ला नेताहरुले बारहबिघामा समस्या हुने दुष्प्रचार गर्न थालेका छन् ।एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र महासचिव समेत रहेका रक्षा मन्त्री पोखरेल स्वागतमा देखिने तर पार्टी पंगतीलाई बिरोधमा परिचालन गर्ने दोहरो चरित्र देखिएको जनकपुर टुडे दैनिक पत्रिकामा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…