
न्यूज ब्यूरो, जनकपुरधाम । वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले वृहत्तरका हाकिम (अधिकृत) जीतेन्द्र यादव परिचालित पात्र रहेको आरोप लगाएका छन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष साहले आफु माथी नियोजित रुपमा लगाइएको कुनै पनि आरोपको खण्डनका लागि आफु प्रमाण दिन तयार रहेको बताएका छन् ।
अध्यक्ष साहले वृहतरका कर्मचारी जितेन्द्र कुमार यादव पहिला देखिनै परिचालित पात्र बनेर वृहतरलाई बर्बाद पार्ने काम गर्दै आएको प्रमाण पनि प्रशासन संग रहेको दावी गरेका छन् ।
विभिन्न वाहानामा आन्दोलन गर्ने, कार्यालयको काम प्रभावित गरि आफु र उनलाई परिचालन गर्ने वाहिरी तत्वको निहित स्वार्थ पुरा गर्न उनी सक्रिय रहेको र आफु आएपछि पनि सोहि गतिविधीमा रहेको आरोप उनको छ । साहले कर्मचारी यादव काम गर्नु भन्दा पनि म्याच फिक्सिङ्ग गरेर पैसा कमाइरहेको र वृहतरलाई बर्बाद पार्ने काम गरिरहेको आरोप लगाएका छन् ।
आफुमाथी लगाइएका सम्पुर्ण नियोजित आरोपलाई गलत सावित गर्ने प्रमाणहरुका लागि आफु सदैव तत्पर रहेको र वृहतरलाई यथास्थितीमा राखेर बजेट कुम्ल्याउने आखाडाको रुपमा प्रयोग गर्ने गरेको प्रमाणहरु सहित आफु उपयुक्त समयमा प्रस्तुत हुने उनले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
उनले विज्ञप्तीमा केहि सञ्चार माध्यमहरुमा आफु विरुद्व आएको समाचार भ्रामक र कपोकल्पित रहेको भन्दै आफु प्रमाण दिन र गत वर्ष ८५ लाख खर्च गरेर विवाह पञ्चमीको व्यवस्थापन भएकोमा आफुले गत विवाह पञ्चमीमा मात्र १२ लाख खर्च गर्दा पनि २५ लाख भनेर गलत समाचार सम्प्रेशन गरिएको समेत उल्लेख गरेका छन् ।
जनकपुरको राराब क्याम्पसमा लोविसंघबाट सचिवसहित दुई सदस्य निर्वाचित
- २०७९ चैत ३ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको रा.रा.ब. क्याम्पसमा स्वीयू चुनावमा लोकतान्त्रिक विद्यार्थी संघबाट सचिवमा करण साह निर्वाचित भएका छन् । रा.रा.ब. मा गत ५ गते भएको स्वीयू चुनावमा नेपाल विद्यार्थी संघले सभापतिसहित
पूरा पढ्नुहोस्