
न्यूज ब्यूरो, जनकपुरधाम । वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले वृहतरलाई पहिला जस्तै राखेर तलव मात्र खाने खुवाउने र प्रभाव विहिन संस्थाको रुपमा यथास्थितीमा राख्न षडयन्त्र सुरु भएको बताएका छन् ।
वृहतरमा तालाबन्दी भएको छ तलव दिनुभएको छैन नि भन्ने एसपी खवरको प्रश्नमा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय कोषाध्यक्ष समेत रहेका अध्यक्ष साहले भने, ‘वृहतर कमाई खाने भाँडो रहेछ, म आएपछि केहि गर्न चाहेको छु अलिकती चित दुख्नु स्वभाविक हो, तर म सबै पार्दर्शी गर्छु ।’
उनले छिट्टै सार्वजानिक सुनुवाई र पत्रकारहरुलाई समेत राखेर विगतमा वृहतरमा भएका सम्पुर्ण संस्थागत भ्रष्टाचारको पर्दाफास गर्ने बताएका छन् । कल्याण कोषको लाखौं लाख पैसा आफु खुसी निकालिएको छ, कर्मचारीले तलव नपाउनुमा मेरो के सरोकार हो ? सहितका तर्क गर्दै उनले विगतमा वृहतरमा भएका भ्रष्टाचारका नमुनाहरु सप्रमाण सहित आफु छिट्टै नागरिक अगुवा र पत्रकार समक्ष राख्ने तयारीमा रहेको बताए ।
वाहिरी केहि तत्वले कर्मचारीलाई मिलाएर वृहतरलाई बबार्द पार्ने काम गरिरहेको रहेछ उनले भने, ‘म आउँदा सबै थाहा पाए, यस्को रोकथाम गर्दै केहि प्रभावकारी काम गरौं भन्ने योजनामै थिए फेरी अर्को षडयन्त्र सुरु भएको छ ।’ कर्मचारीले तलव पाउनु पर्ने पक्षमा आफु पनि रहेको भन्दै उनले विगतमा भएका जथाभाविका काम भने वृहतरमा आफु हुन नदिने बताएका छन् ।
आजदेखि रेबिजको उपचार पनि शहिदनगरको यदुकूहामै सुरु : मेयर बरबरिया
- २०७९ फाल्गुण २९ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरपालिकाको यदुकूहामै रेबिजको उपचार सुरु गराउन सफल भएका छन् । केही दिन अघि मात्र प्राथमिक स्वास्थय केन्द्रमा ईमरजेन्सी
पूरा पढ्नुहोस्