शहिदगरमा जेष्ठ शिक्षकमाथि शिक्षकले नै गरे अभद्र व्यवहार , न्याय माग्न प्रशासनमा
उनले अनाहक र बिना कारण आफूमाथि मानहानी, दुरव्यहार गरेको भन्दै तत्काल कारवाहीको लागि ईलाका प्रहरी कार्यालय यदूकूहामा निवेदन दर्ता गराएका छन् । शिक्षक योगेन्द्र यादवलाई आईतबार ईलाका प्रहरी कार्यालयमा बोलाइएको छ ।

२०७९ फागुन २६ शुक्रबार, बेलुकी ६:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकास्थित एक विद्यालयमा जेष्ठ शिक्षकमाथि दुरव्यवहार गरेको भन्दै प्रहरी गुहारिएको छ ।
शहिदनगर नगरपालिका वडा नम्बर ७ धबौलीस्थित रहेको एस.एन.आर. माध्यमिक विद्यालयका सबभन्दा जेष्ठ शिक्षकको रुपमा अध्ययन अध्ययापन गराउँदै आएका शिक्षक रमेश कुमार यादवमाथि सोही विद्यालयका नि.मा.वि. पढाउने शिक्षक योगेन्द्र प्रसाद यादवले गाली गलौजसहित अभद्र व्यवहार गरेको आरोप लगाएका छन् ।
विद्यालयमा दिउँसो करिब १ः४५ बजेको समयमा विद्यालय परिसरभित्रै अर्का शिक्षकसँग कुराकानी गरिरहेको अवस्थामा शिक्षक यादवले गालीगलौज गरेको आरोपसहित ईलाका प्रहरी कार्यालय यदुकूहामा निवेदन दिएका छन् ।
उनले अनाहक र बिना कारण आफूमाथि मानहानी, दुरव्यहार गरेको भन्दै तत्काल कारवाहीको लागि ईलाका प्रहरी कार्यालय यदूकूहामा निवेदन दर्ता गराएका छन् । शिक्षक योगेन्द्र यादवलाई आईतबार ईलाका प्रहरी कार्यालयमा बोलाइएको छ ।
विगत १९ बर्षदेखि सोही विद्यालयमा अध्ययन अध्ययापन गराउँदै आएका शिक्षक यादवले विद्यार्थीहरुसँग अतिरिक्त रकम उठाएको सन्दर्भमा निमित्त प्रधानाध्यापक पूर्णानन्द यादवसँग कुराकानी गरिरहँदा शिक्षक योगेन्द्र यादवले दुरव्यहार गरेको बताइएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…