विवादरहित कार्यकाल सम्पन्न गरी विदा भए ईन्सपेक्टर घिमिरे, ईन्सपेक्टर भट्टले सम्हाले कमाण्ड
ईलाका प्रहरी कार्यालय खजुरीको नयाँ ईन्सपेक्टरमा राजकुमार भट्ट हाजिर भएका छन् । उनले ईलाका प्रहरी कार्यालय खजुरीको कमाण्ड सम्हालेका हुन् । उनले मँगलबार कमाण्ड लिएका हुन् । मँगलबार कमाण्ड लिँदै स्थानीय भद्र भलादमी, जनप्रतिनीधि, सँचारकर्मी, अधिकारकर्मी, पेशाकर्मीहरुसँग भेटघाट गर्दै यहाँको स्थितिको बारेमा जानकारी लिएका थिए । उनले सीमा क्षेत्रमा हुने विभिन्न अपराधिक क्रियाकलाप, गतिविधि, तस्करी नियन्त्रणको लागि नयाँ डिजाइनमा काम गर्ने बताए ।

२०७९ फागुन २६ शुक्रबार, बिहान १०:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको ईलाका प्रहरी कार्यालय खजुरीमा एक बर्षको विवादरहित कार्यकाल सम्पन्न गरी ईन्सपेक्टर निरञ्जन घिमिरे विदा भएका छन् ।
करिब १ बर्ष ईलाका प्रहरी कार्यालय खजुरीमा रहँदा ईन्सपेक्टर घिमिरेले दर्जनौ फरार अभियुक्तलाई पक्राउ गर्न सफल भए भने सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणमा कडा भूमिका निर्वाह गरे ।
सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणको लागि एक्ट्रा प्रहरी खटाएर अवैद्य तस्करी नियन्त्रण गरेका ईन्सपेक्टर घिमिरे आफ्नो कार्यकालमा शून्य विवाद ल्याए । उनले आफ्नो कार्यकालमा कुनै प्रकारको विवादमा मुछिएनन् ।
नयाँ ईन्सपेक्टर राजकुमार भट्टले सम्हाले कमाण्ड
ईलाका प्रहरी कार्यालय खजुरीको नयाँ ईन्सपेक्टरमा राजकुमार भट्ट हाजिर भएका छन् । उनले ईलाका प्रहरी कार्यालय खजुरीको कमाण्ड सम्हालेका हुन् । उनले मँगलबार कमाण्ड लिएका हुन् ।
मँगलबार कमाण्ड लिँदै स्थानीय भद्र भलादमी, जनप्रतिनीधि, सँचारकर्मी, अधिकारकर्मी, पेशाकर्मीहरुसँग भेटघाट गर्दै यहाँको स्थितिको बारेमा जानकारी लिएका थिए ।
उनले सीमा क्षेत्रमा हुने विभिन्न अपराधिक क्रियाकलाप, गतिविधि, तस्करी नियन्त्रणको लागि नयाँ डिजाइनमा काम गर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…