मोदी भोली जनकपुर आउँदै, जानकी मन्दिरमा षोडशोपचार विधिबाट पूजा गराईने
न्यूज ब्यूरो | जनकपुरधाम, २७ बैशाख । जनकपुर भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिले पूजाका लागि जानकी मन्दिरमै पुग्ने भएपछि मन्दिरमा पूजाको तयारीमा पूजारीहरु लागेका छन । वैशाख २८ गते जनकपुर आउन लागेका भारतीय प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलमा ओर्लेपछि पूजाका लागि पहिले जानकी मन्दि

२०७५ बैशाख २७ बिहीबार, बिहान ८:५३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २७ बैशाख । जनकपुर भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिले पूजाका लागि जानकी मन्दिरमै पुग्ने भएपछि मन्दिरमा पूजाको तयारीमा पूजारीहरु लागेका छन ।
वैशाख २८ गते जनकपुर आउन लागेका भारतीय प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलमा ओर्लेपछि पूजाका लागि पहिले जानकी मन्दिर पुग्ने कार्यक्रम छ । मन्दिर बाहिर उनलाई राजनीतिज्ञहरुले स्वागत गर्ने कार्यक्रम रहेपनि मन्दिर भित्र जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले स्वागत गर्नेछन।
मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले भने, ‘अन्य कोही विशिष्ट व्यक्तिती आउँदा हामीलाई स्वागतका लागि जानु पर्दैन, तर कुनै राष्ट्राध्यक्ष आउँदा पीठको सदस्यले स्वागत गर्ने परम्परा रहेको छ ।’
पीठको सदस्य आफू रहेकोले भारतीय प्रधानमन्त्री मोदीलाई मन्दिर भित्र पीठ परम्परा अनुसार स्वागत गर्ने वैष्णवले जानकारी दिए ।
मन्दिरका महन्थले स्वागत गरेपछि उनले नै मन्दिरको गर्भगृहसम्म मोदीलाई लैजाने छन् । मन्दिरमा स्वागत गरिएपछि स्वास्ती वाचन भारतीय प्रधानमन्त्री मोदीलाई जानकी मन्दिरमा षोडशोपचार विधिबाट पूजा गराईने समेत गरिने उनले उनले जानकारी दिए ।
भारतीय प्रधानमन्त्री मोदीलाई षोडशोपचार विधिबाट पूजा गराउने तयारी भईरहेको महन्थ वैष्णवले जानकारी दिए । एक वर्ष भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी जनकपुर भ्रमणमा आएको समयमा मन्दिरले त्यति बेला पनि षोडशोपचार विधिबाट पूजा गराउने तयारी गरेको थियो ।
तर मुखर्जीको समय अभावका कारण सो विधिबाट पूजा हुन सकेको थिएन । जानकी मन्दिरमा यसअघि भारतका पूर्व राष्ट्रपति ज्ञानीजेल सिंह तथा नेपालका राजाहरुले षोडशोपचार विधिबाट पूजा गरिसकेका छन् ।
जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीसँगै पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ । जानकी मन्दिरमा प्रधानमन्त्री ओलीको मोदीसंगै पूजा गर्ने कार्यक्रम रहेपनि नागरिक अभिनन्दन स्थलमा नपुग्ने भएका छन् । ओली पूजा गरे लगत्तै राजधानी काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।
जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुने बताइन्छ। षोडसोपचार विधिबाट गरिने पूजामा पञ्च आहुती, पञ्चतन्त्र, पाँचजना पण्डितद्वारा मन्त्रोच्चार ण गरी करीब एक घण्टा पूजा आराधना गराइन्छ, जसमा माता सीतालाई वस्त्र, गरगहना र शृंगार का सामग्री अर्पण गरिने चलन छ भनेर जनकपुरबाट प्रकाशित हुने आजको न्यूजपेपर दैनिकमा प्राथमिकतका साथ प्रकाशित गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…