जनकपुरको बाह्रविघामा सिडिओको विशेष सफाई अभियान, शुक्रबार तिरहुतियागाछी सफाई गरिने
आउँदो शुक्रबार तिरहुतिया गाछी र आसपासको क्षेत्रमा सफाई गर्ने भएको छ । जनकपुरका व्यापारीहरुले आयोजना गरेको व्यापार मेलापछि अस्तव्यस्त भएको तिरहुतियागाछीलाई सिडिओ, धनुषा प्रहरी, अन्य सँघसँस्थाहरुले मिलेर सफाई गर्ने कार्यक्रम तय गरिएको हो ।

२०७९ फागुन २० शनिबार, राति १०:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रँगभूमि मैदान बाह्रविघामा धनुषाका सिडिओ काशिराज दाहालको नेतृत्वमा सफाई अभियान सुरु गरिएको छ ।
धनुषामा प्रमुख जिल्ला अधिकारीको नेतृत्व लिएसँगै जनकपुरधामको सँस्कृतिसँगै रमाएका सिडिओ दाहालले जानकी मन्दिर लगायत अन्य विभिन्न धार्मिक क्षेत्रहरुमा आफैँ सफाईमा उत्रेका छन् ।
अधिकृत सँगमको कार्यालय धनुषा, स्थानीय क्लब, सफाई अभियानीहरुसँग समन्वय गरी सिडिओ दाहालले बाह्रविघा मैदानमा समेत सफाई अभियान चलाएको हो । जानकी मन्दिरमा प्रत्येक शुक्रबार सफाई सुरु गरेका सिडिओ दाहालले अर्को शुक्रबार तिरहुतियागाछीमा सफाई गर्ने कार्यक्रम राखेका छन् ।
आउँदो शुक्रबार तिरहुतिया गाछी र आसपासको क्षेत्रमा सफाई गर्ने भएको छ । जनकपुरका व्यापारीहरुले आयोजना गरेको व्यापार मेलापछि अस्तव्यस्त भएको तिरहुतियागाछीलाई सिडिओ, धनुषा प्रहरी, अन्य सँघसँस्थाहरुले मिलेर सफाई गर्ने कार्यक्रम तय गरिएको हो ।
सिडिओ दाहालले सो बृहत सफाई अभियानमा सबैलाई उपस्थितिको लागि अनुरोध समेत गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…